कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- Posted: Sunday, May 27, 2018 19:36 PM ( 3 years ago )
सुर्खेत, जेठ १३ – कर्णाली प्रदेशको एक सय दिन पूरा भएको छ ।
कर्णाली प्रदेश सरकारले आफूहरुले गरेको कामप्रति असन्तुष्ट रहेको बताएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलन मुख्यमन्त्री शाहीले यो एक वर्षमा गरेका कामहरु प्रति सिंगो मन्त्रीपरिषद नै असन्तुष्ट रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले सरकारले अपेक्षा अनुसारको काम गर्न नसकिएको बताउनुभयो । उहाँले आफूहरुले पहिलो मन्त्रीपरिषदको बैठकदेखि नै निर्णय गरेका विषय सन्तोषजक रुपमा कार्यान्वयन गर्न नपाएको बताउनुभयो ।
उहाँले सरकारका योजना सोचे अनुरुप कार्यान्वयन गर्न नसके पनि प्रदेशको समृद्धिका लागि स्पष्ट खाका भने तयार गरिरहेको बताउनुभयो । ‘कानुन र संरचना नुहँदा सरकारले यो सय दिनमा सोचे अनुरुप सफलता हासिल गर्न सकेन । चालु आर्थिक वर्षको बजेट पनि तयार गर्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘प्रमुख कारण संघीय सरकार पनि हो । उसले संघीय कानुन नबनाउँदा प्रदेश सरकारलाई समस्या परेको छ ।’
संघले कानुन नबनाउँदा आफूहरुलाई काम गर्न असहज वातावरण भएको उहाँको भनाई छ । संघीय सरकारले कानुन बनाउन जति ढिला गर्छ त्यति प्रदेश सरकारलाई असर गर्ने मुख्मन्त्री शाहीले बताउनुभयो ।
अहिलेसम्म कर्णाली प्रदेशका १३ वटा मन्त्रीपरिषद बैठक बसेका छन् । प्रदेशको नामाकरण, राजधानी तोक्ने विभिन्न विधेयकको मस्यौदा, कार्यविधि तथा आचारसंहिता निर्माणलाई सरकारले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ । सय दिनमा कर्णाली प्रदेशले आवश्यक पर्ने विभिन्न २० वटा कानूनहरूको तर्जुमा गर्न मन्त्रालयगत जिम्मेवारी तोकी सैद्धान्तीक स्वीकृती दिएको छ भने कर्णाली प्रदेश सभामा ९ वटा विधेयकहरू पेश गरेको छ ।
यस्तै सात वटा कार्यविधि, निमावली तथा आचारसंहिता स्वीकृत गरेको छ । सरकारले यस सय दिनमा चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । प्रत्येक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णयलाई कार्यान्वय र प्रदेश राजधानी सुर्खेतदेखि हिमाली जिल्ला मुगु हुँदै हुम्ला जोड्ने लिङ्करोड निर्माणको घोषणा गरेको छ ।
सरकारले यस अवधिमा प्रदेशमा थप श्रोत साधनको परिचान गर्न आन्तरिक श्रोत साधनको पहिचान र राजस्वको दायरा बढाउन सरकारले प्रयास सुरू र कर्णाली–रारा पर्यटन वर्ष २०७५लाई उपलब्धिका रुपमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...