Total Hits: 0

​विश्वकपमा सलाहको खेल हेर्न नपाइने

  • Posted: Sunday, May 27, 2018 18:56 PM ( 5 years ago )

जेठ १३ – मोहम्मद सलाहले यसपटकको विश्वकप फुटबल खेल्न नसक्ने भएका छन् ।

इजिप्टलाई विश्वकपको यात्रा तय गराउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका लिभरपुलका स्टार सलाह च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएपछि विश्वकप खेल्न नसक्ने भएका हुन् ।

शनिबार राति भएको फाइनलमा रियल मड्रिडका डिफेन्डर सर्जियो रामोससँग हात अल्झिएपछि उनी मैदानमा लडेर घाइते भएका हुन् । उनी घाइते भएपछि ३० मिनेटमै मैदानबाट बाहिरिएका थिए ।

साउदी अरेबियाको खेलकुद प्रशासक तुर्की अल–शेखका अनुसार सलाह चोटमुक्त हुन कम्तिमा दुई महिना लाग्नेछ । उनले सलाहको विश्वकप खेल्ने सपना यो पटकका लागि सकिएको पनि बताएका छन् । सलाहले नेखेल्ने भएपछि विश्वकपमा इजिप्टलाई ठूलो धक्का लागेको छ ।

तर इजिप्टकाे राष्ट्रिय फुटबल टिमले सलाहले विश्वकप फुटबल खेल्न सक्ने सम्भावना काममै रहेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook