Total Hits: 0

ठूलो दुर्घटनाबाट जोगियो यति एयरको विमान

  • Posted: Sunday, May 27, 2018 18:45 PM ( 4 years ago )

चितवन, जेठ १३ – भरतपुर विमानस्थलबाट काठमाडाैंका लागि यात्रुु लिएर उडेको जहाजमा भगेरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

अपरान्ह ४ बजेर १० मिनेटमा उडेको यति एयरको जेट स्टिम विमानमा चरा ठोक्किएपछि तत्कालै अवतरण गरिएको हो । यति एयरलाइन्सको र्नान एन एआईएस कल साइनको जहाज २२ जना यात्रु लिएर उडेको थियो । 

भरतपुर विमानस्थल नजिकै रहेको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोकिएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले बताउनुभयो ।

क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने वित्तिकै इन्जिनमा चरा ठोकिएको आशंका गरेपछि तत्कालै  भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनुभएको थियो । समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ ।

यात्रुलाई तत्कालै अर्को जहाज झिकाएर काठमाडौं पठाइएको सिंहले जानकारी दिनुभयोे ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook