Total Hits: 0

​अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार

  • Posted: Sunday, May 27, 2018 18:12 PM ( 4 years ago )

ललितपुर, जेठ १३ –  यस वर्षको दयाराम परियार स्मृती पुरस्कार मानवसेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको अठारौं स्थापना दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा अधिकारी र पन्तलाई एक लाख रुपैया राशी दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो ।

अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि पुरस्कारमा रुपान्तरण गरिएको हो ।  यो सम्मान यस अघि अधिकारकर्मीहरु दुर्गा घिमिरे,चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा।शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा,  श्यामसुन्दर शशी,  नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो । 

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २ हजार ६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकै क्रममा प्रहरीको गोली लागेको थियो । उहाँको उपचारका क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook