Total Hits: 0

किसानलाई उखुको भुक्तानी नदिए आफैले उद्योगी विरुद्ध ठगी मुद्धा दर्ता गर्ने मेयरको चेतावनी

  • Posted: Sunday, May 27, 2018 17:55 PM ( 4 years ago )

महोत्तरी, जेठ १३ – किसानहरुलाइ उखुको भुक्तानी नदिए आफूले नै सबैभन्दा पहिला चिनी उद्योगी विरुद्ध ठगी मुद्दा दर्ता गर्ने महोत्तरी गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताउनुभएको छ ।

किसानहरुले एकसाता आन्दोलन गर्दा पनि चिनी उद्योगीले कुनै सुनुवाई नगरेकोले अब आफूले सबैैभन्दा पहिले जेठ १६ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा पुगेर ठगी मुद्दा दर्ता गर्ने मेयर महतोले बताउनुभयो ।

आइतबार दिउँसो एभरेष्ट चिनी उद्योग रामनगरस्थित किसानहरुको धर्नास्थल पुगेका मेयर महतोले किसानहरुको भुक्तानी रोकेर विलासी जीवन बिताइरहेका चिनी उद्योगीलाई किसानहरुको पीडा बुझी समयमै भुक्तानी दिन अनुरोध गर्नुभएको छ । उखुको भुक्तानी नदिए कानुनी कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

ऋण लिएर उखु रोपेका हजारौ किसानहरु बिरामी पर्दा समेत ऋणकै सहारा भएता पनि राजमहलमा बसेका चिनी मिल मालिकले किसानहरुलाई शोषण गर्दै आएको मेयर महतोले आरोप लगाउनुभयो ।

यता प्रदेश नम्बर २ का सांसद भरतप्रसाद साहले उद्योग मन्त्रीको निर्देशनलाई कुल्चेर अगाडि बढेका चिनी उद्योगीविरुद्ध ठगी मुद्दा दर्ता गरी उनीहरुको हातमा हथकडी लगाउनुपर्ने धारणा राख्नुभयो ।

हजारौ उखु किसानको समस्यालाई समयमै स्थायी रुपमै समाधानको लागि उखु विकास वोर्ड गठनको विकल्प नरहेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । बर्सेनी उखु किसानहरुलाई मिल सञ्चालन गर्ने क्रममा मूल्य तय गर्नका लागि र भुक्तानी पाउन लगायतका सेवा सुविधाको लागि आन्दोलन गर्नुपर्ने बाध्यता रहेकोले त्यसलाई अन्त्य गर्नका लागि सरकारले उखु विकास बोर्ड गठन गर्नुको विकल्प नरहेको अध्यक्ष मैनालीले धारणा राख्नुभयो ।

एकसाता बित्दा समेत उद्योगीहरु अहिलेसम्म छलफलको लागि सम्पर्कमा नआएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभयो । आफूहरुले किसानहरुको डेलिगेशन गृह मन्त्रालय र उद्योग मन्त्रालयमा जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

गएको जेठ ६ गतेदेखि यहाँका किसानहरुले बाँकी रहेको उखुको भुक्तानीको माग गर्दै मिलगेटमा तालाबन्दी गर्दै धर्नामा बसेका छन । यता चिनी उद्योगले स्टकमा ९० प्रतिशत चिनी बिक्री गर्न बाँकी रहेकोले तत्काल किसानहरुको भुक्तानी दिन नसक्ने धारणा राखेका छन ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook