Total Hits: 0

यसरी लुटियो गोली हानेर कार्कीबाट नौ लाख रुपैयाँ

  • Posted: Sunday, May 27, 2018 17:40 PM ( 4 years ago )

कैलाली, जेठ १३ – धनगढीका ३२ वर्षीय निर्मलकुमार कार्की आईएमईमा काम गर्नुहुन्छ ।

हरेक दिन बिहान सिद्धार्थ बैंकमा पुगेर कार्यालयमा पैसा ल्याउने उहाँको काम हो । आइतबार पनि ९ लाख रुपैयाँ बैंकबाट निकालेर उहाँ आईएमईतर्फ लाग्नुभयो । सिदार्थ बैंकबाट झण्डै ३ सय मिटरको दूरी पार गर्नेबित्तिकै धनगढीको मुख्य बजारमै कार्कीलाई आक्रमण भयो । 

दुई जनाले मुल सडकमै कार्कीमाथि गोली प्रहार गरे र नौ लाख रुपैयाँ लुटेर लगे । मोटरसाइकलमा रहेका दुई जनामध्ये एक जनाले पैसाको झोला खोसेका थिए । 
कार्कीलाई गोली हान्दा पनि सडकमा हिँडडूल गर्नेको घुँईचो थियो भने नजिकै नेपाल प्रहरीका कर्मचारी ड्यूटीमा थिए ।

घटनास्थल प्रदेश ७ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय भन्दा एक किलोमिटर पनि टाढा छैन । तर गोली प्रहार भएर ढलेका कार्कीलाई उठाउन समेत कोही पुगेनन् । केहीबेरपछि प्रहरीले नै कार्कीलाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याएको थियो । 

गोली प्रहारबाट घाइते भएका निर्मल कार्कीको पाखुराबाट गोली निकालिएको छ ।  आईएमईमा कार्यरत कार्कीको पाखुरामा लागेको पेस्तलको गोली सेती अञ्चल अस्पतालमा निकालीएको हो । ३२ वर्षीय कार्कीको अवस्था खतरामुक्त रहेको सेती अञ्चल अस्पतालले जनाएको छ । 

घटनामा संग्लन भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया नजिकैबाट नौ लाख रकम भएको झोलासहित उनीहरुलाई पक्राउ गरिएको हो । 

मोटरसाइकल समेत बरामद गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । लु ४० प ४४३८ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook