Total Hits: 2.1 K

​वैदेशिक रोजगारीले ल्याउने समस्यामा गम्भिर हुनुपर्नेमा जोड

  • Posted: Sunday, May 27, 2018 17:05 PM ( 2 years ago )

सिर्जना बस्नेत/रामेछाप । 

जेठ १३ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र रामेछापको साधारणसभामा बोल्ने वक्ताले वैदेशिक रोजगारीका उत्पन्न समस्याप्रति सरोकारवाला सबै गम्भिर हुनुपर्ने बताएका छन् ।

केन्द्रको पहिलो साधारणसभामा बोल्दै उनीहरुले वैदेशिक रोजगारीका कारण आइरहेका समस्या समाधान नगरे त्यसले समाजमा नकारात्मक असर पार्ने बताएका हुन् ।

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढीरहेकोले यसलाई नियन्त्रण गरेर स्वदेशमा नै रोजागरीको सिर्जना गर्न नसके जिल्लाको दिगो विकास हुन नसक्ने बताउनुभयो ।

युवाहरु विदेशिँदा भइरहेका सामाजिक तथा पारिवारिक बिखण्डनका घटनाप्रति संबेदनशिल बन्न नसक्ने हो भने सामाजिक चक्र नै उल्टो दिशातिर घुम्ने भन्दै सवै सरोकारवालाको ध्यान जान जरुरी रहेको बताउनुभयो । त्यसैले सबै उमेर समुहका व्यक्तिहरुलाई योजना निर्माणको प्राथमिकतामा राखेर मन्थली नगरपालिका योजना सहित अघि बढ्ने उहाँको भनाई छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले वैदेशिक रोजगारीका कारण ठगी, शोषण, पारिवारिक विखण्डन, मृत्यु, अङ्गभङ्ग, जेल सजाय, बेपत्ता हुने समस्या धेरै आइरहेको भन्दै त्यसको समाधानका लागि सबै लाग्नुपर्ने बताउनुभयो । 

केन्द्रले जिल्लाबाट आर्थिक वर्ष २०६७/६८ देखि २०७३/७४ सम्म २९ हजार ७ सय २६ जना वैदेशिक रोजगारीका लागि गएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । विदेश गएका मध्येमा पनि धेरैले सोचे अनुसारको काम नपाएर फर्कनु परेको, जेल परेको, मृत्यु भएको भन्दै केन्द्रको तदर्थ समितिका सचिव डुब्चन लामाले त्यस्तो बेला आइपर्ने समस्या समाधान गर्न केन्द्र गठन गरिएको बताउनुभयो । 

यस्तै साधारणसभाले वैदेशिक रोजगारीलाई सीपयुक्त, ठगि मुक्त र सुरक्षित बनाउने उद्दश्यले स्थापना भएको केन्द्र तदर्थ समिति यथावत हुने र केही व्यक्तिको जिम्मेवारी हेरफेर गरेर नयाँ कार्यसमिति चयन गरेको छ । 

अध्यक्ष हरिराम कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष हिरालाल श्रेष्ठ, सचिव डुब्चन लामा, सहसचिव नवराज तामाङ, कोषाध्यक्षमा लक्ष्मी तामाङ हुनुहुन्छ । यस्तै सदस्यहरुमा उर्मिला मोक्तान, उत्तरकुमारी श्रेष्ठ, निरमाया तामाङ, तारादेवी भण्डारी, सरोज थापा, चेतबहादुर खड्का, केशव पाख्रिन, शिवलाल श्रेष्ठ चयन हुनुभएको छ । 

नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम संयोजक सागर बिक्रम बस्नेतले सपथ ग्रहण गराउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook