Total Hits: 0

आईपीएलकाे उपाधिका लागि हैदरावाद र चेन्नई खेल्दै

  • Posted: Sunday, May 27, 2018 07:29 AM ( 5 years ago )

जेठ १३ – इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बइको वाङखाडे रंगशालामा हुने खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । हैदरावदालाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा प्रवेश गरेको हो । रसिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनल प्रवेश गरेको हो ।

यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो । खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो । समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो । शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो ।

उसका लागि क्रिस लियोनले सर्वाधिक ४५ रन जोडे । दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन । कोलकताको इनिङ कमजोर पार्न हैदरावादका रसिद खानले ३ विकेट लिए । उनले ४ ओरभमा १९ रन मात्र खर्चे । यस्तै कोर्लोस बाथवेट र सिद्धान्त कौलले २–२ विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो । उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे। मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए । बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook