रियल मड्रिडले जित्यो तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि
- Posted: Sunday, May 27, 2018 06:43 AM ( 3 years ago )
जेठ १३ – रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।
यो सँगै रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।
लिभरपुलका मुख्य हतियार मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरिनु लिभरपुलका लागि दूर्भाग्य बन्यो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा सलाहले मैदान छाडे ।
विश्वकप नजिकिँदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँसु थाम्न सकेनन् । ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । राेनाल्डोको हेडरलाई लिभरपुलका गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरीए ।
मुख्य खेलमा राम्रो गर्न नसकेका कारण उनले पनि आँसु थाम्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चार गोल भए । जसमा लिभरपुलका गोलकिपरले दुई पटक ठूलो गल्ती गर्दा रियल च्याम्पियन बन्यो ।
क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औँ मिनेटमा उत्कृष्ट गोल गरे । जसका कारण रियलले एक गोलको अग्रता बनायो । ५५ औँ मिनेटमा लिभरपुलले गरेको गोलमा खेल एक–एक को बराबरीमा पुग्यो । लोभ्रेनको हेडपासमा मानेले गोल गरे ।
दोस्रो हाफमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए। लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरे पनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो । लिभरपुलले फेरि क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो । बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो । रियलले उपाधि जित्दा उसका प्रशिक्षक जिनेदिन जिदानलाई विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा राखेको छ ।
उनले लिभरपुलका बोब पेइस्ले र रियालका पूर्व म्यानेजर कार्लो एन्सेलोटिसँग बराबरी पनि गरेका छन् । तर च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक जित्दा उनको सफलता एक स्थान माथि पुगेको छ ।
जिदानको प्रशिक्षणको शैली र खेलाडीलाई सम्हाल्ने तरिकाका बारेमा धेरै आलोचना पनि गरिँदै आएको छ । तर ती सबै आलोचनालाई उनले बन्द गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...