सडक छैन, रेल र पानी जहाजको कुरा ! : डा. महत
- Posted: Saturday, May 26, 2018 19:11 PM ( 3 years ago )
खोटाङ, जेठ १२– नेपाली कांग्रेस नेता डाक्टर रामशरण महतले वर्तमान सरकारले रेल र पानी जहाजको कुरा गर्नुको सट्टा सडक नपुगेका ठाउँमा सडक बिस्तार गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर–१, ले शनिबार हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा आयोजना गरेको बृहत जागरणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री महतले सररकाले सुरुमा सडकले नछोएका ठाउँमा सडक बिस्तार गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले सडक, विद्युत लगायतका पूर्वाधारको विकासपछि मात्र विकासको सम्भावना खुल्ने बताउनुभयो । ‘कमसेक सडक यातायात सबै ठाउँमा पु¥याऔं । त्यसपछि मात्र रेल र पानी जहाज पु¥याउँला’, महतले भन्नुभयो, ‘हावादारी कुरा गरेर मात्र हुँदैन । यथार्थवादी विकासको बाटो पहिल्याउनुपर्छ ।’
महतले देशको विकास र परिवर्तनका लागि वर्तमान सरकारको सही कदमलाई कांग्रेसले साथ दिने बताउनुभयो । पाँच वर्षका लागि बनेको सरकाले लोकतान्त्रिक आचारण देखाउन नसकेको महतको भनाई थियो । कार्यक्रममा पूर्व कृषि मन्त्री रामकृष्ण यादव, नेविसंघका पूर्व सभापति रञ्जित कर्ण लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...