Total Hits: 5.1 K

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

  • Posted: Saturday, May 26, 2018 18:26 PM ( 2 years ago )

जेठ १२ – राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।

 

देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । 

भारतमा एचआइभी एड्सको संक्रामक अवस्था दू्रत गतिमा रहेकोले सुरक्षित यौन सम्बन्धका लागि कन्डोम र महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम भारत सरकारले हालैमात्र पारित गरेको एकजना स्वास्थ्य अधिकारीले जनाएका छन् । 

‘एउटा नयाँ शौचालय नीति अन्तर्गत भारतीय रेल सञ्चालक बोर्डले यस्तो निर्णय गरेको हो’, एक सरकारी अधिकारीले भने । 

भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्व मै सबैभन्दा ठूलो रेल सञ्जालका रुपमा रहेको लिइन्छ । 

भारतीय सबै रेल सेवाका यात्रु बाहक रेलले प्रतिदिन दुई करोड तीस लाख यात्रुलाई सेवा दिने गरेका छन् । 

अत्याधिक मात्रामा यात्रुको चाप रहेको, भारतमा रेल सेवा कम्पनी पुराना भएको र परम्परागत तथा पुरानै सामग्री ती रेल सेवामा प्रयोग हुने भएकाले भारतमा रेल सेवामा यात्रुले ठूलो दुःख कष्ट र दुर्घटनाको सामना गरिरहनुपरेको बताइन्छ ।
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook