सरकारको सय दिन, सुरुवाती चरणमा हामी ९० प्रतिशत सफल : मन्त्री पण्डित
- Posted: Saturday, May 26, 2018 18:09 PM ( 3 years ago )
काठमाडौं, जेठ १२ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मूल्यांकन गर्दा सुरुवाती चरणमा आफूहरु ९० प्रतिशत सफल भएको दाबी गर्नुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले भन्नुभयो, ‘सरकारको कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो ।’
मन्त्री पण्डितले भन्नुभयो, ‘अहिलेको हाम्रो सरकारले हिम्मतका साथ अन्य देशहरुसँग देशहितका कुरा राखेको छ, यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु, अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, नागरिकलाई सुशासन र समृद्धि दिलाउँछौं ।’
मन्त्री पण्डितले राजनीतिक संक्रमणकालको अन्त्य भए पनि प्रशासनिक संक्रमणकाल अझै पनि जारी रहेको बताउनुभयो । ‘अब आउने नयाँ आर्थिक वर्ष सुरुसँगै म प्रशासनिक संक्रमणको अन्त्य गर्छु, मैले यो मन्त्रालय सम्हालेको जम्मा दुई महिना भयो, संगठन र संरचना तयार थिएन’ मन्त्री पण्डितले भन्नुभयो, ‘अहिले १० प्रतिशत प्रक्रिया सुरु भएको छ, अब असारसम्म सय प्रतिशत पुर्याउँछु ।’
फरक प्रसँगमा उहाँले आफूले भर्खरै सार्वजनिक गरेको सम्पत्ति ०७० सालमा मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्तिमा जति थियो त्यति नै रहेको तर बैंकिङ प्रणाली अनुसार वृद्धि भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...