कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीको पोल्टामा
- Posted: Saturday, May 26, 2018 15:49 PM ( 3 years ago )
सुर्खेत, जेठ १२ – सुर्खेतको रंगशाला मैदानमा सम्पन्न कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । त्रिभुवन आर्मी क्लबले उपाधिसहित ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रुपन्देही–११ का सन्दिप सुनार घोषित हुँदै रु.२५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै आर्मीका सागर पुन उत्कृष्ट ब्याट्सम्यान तथा रुपन्देहीका कृष्ण कार्की उत्कृष्ट बलर घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ७ विकेट गुमाएर १३२ रनको योगफल तयार गरेको थियो ।
आर्मीका लागि ओपनर सागर पुनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै बिनोद भण्डारीले २८ तथा राजेश पुलामीले २२ रन बनाए । रुपन्देहीका बलर बिकास श्रेष्ठले ४ ओभरमा २१ रनको किफायती बलिङ गर्दै सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान १–१ विकेट लिए ।
१३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले १७.५ ओभरमा ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । आर्मीका बलर बिक्रम सोबले सर्वाधिक ३ विकेट तथा हरि कृष्ण झा र सुशन भारीले समान २–२ विकेट हात पारे ।
रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रनको योगदान दिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए । गएको जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा १० क्लबहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...