सगरमाथाले विश्वकै नागिरकलाई एकताबद्ध बनाएको छ : दाहाल
- Posted: Saturday, May 26, 2018 14:01 PM ( 3 years ago )
काठमाडौं, जेठ १२ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताउनु भएको छ ।
सगरमाथा आरोहण संघले शनिबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सगरमाथाले विश्वकै नागरिकलाई एकतामा राखेको बताउनुभएको हो । उहाँले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले रक्तदान जस्तो मानवीय सेवाको काममा लाग्ने सगरमाथा आरोहीहरुको कामना पूरा होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । कार्यक्रमा दाहालसहित पत्नी सीता दाहाल र बुहारी खानेपानी तथा सरसफाई मन्त्री एवम् स्वर्गीय प्रकाश दाहालकी पत्नी विना मगरको पनि उपस्थिति रहेको थियो ।
दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित पत्नी सीताको दाहालका छोरा प्रकाश सगरमाथा आरोहण गरेको दिनको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दाहाल दम्पति भावविह्वल देखिनुहुन्थ्यो ।
त्यस अवसरमा अध्यक्ष दाहालले सगरमाथा आरोहण जस्तो महान काम गरेर जीवन उत्सर्ग गर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...