Total Hits: 0

​कोलकातालाई आईपीएलबाट आउट गराउने केन विलियम्सनको एउटा रणनीति !

  • Posted: Saturday, May 26, 2018 13:23 PM ( 5 years ago )

जेठ १२ – इण्डियन प्रिमियर लिग(आईपीएल) को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १४ रनले हराउँदै  सनराइजर्स हैदराबाद फाइनलमा पुगेको छ । हारसँगै कोलकाताको यो आईपीएल यात्रा पनि टुंगिएको छ । 

सनराइजर्सको जितमा नायक बने अलराउण्ड प्रदर्शन गर्ने राशिद खान । उनले सबैलाई चकित पार्दै १० बलमा ३४ रन पनि बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरे । बलिङमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै १९ रन मात्र दिएर कोलकातामा तीन महत्वपूर्ण विकेट लिए ।

उनले क्रिस लिन, रोबिन उथप्पा तथा आन्द्र रेसललाई आउ गरे  । उनले दुईवटा क्याच समेत समाते । तर सनराइजर्सको जितको श्रेय कप्तान केन विलियम्सनको रणनीतिलाई पनि जान्छ । उनको रणनीति देखेर कोलकाताका कप्तान दिनेश कार्तिक मात्रै होइन, क्रिकेटका विश्लेषहरु समेत छक्क परे । 

विलियम्सनको यस्तो रणनीति

कोलकाताले टस जितेर पहिले फिल्डिङ रोज्यो । सनराइजर्सले पहिलेब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो । १७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले उत्कृष्ट सुरुवात गर्यो । एक समय यस्तो आएको थियो कोलकातालाई जितका लागि ३६ बलमा ५८ रन आवश्यक थियो । उसको हातमा ५ विकेट पनि थियो । क्रिजमा सुभमन गिल र आन्द्रे रसेल थिए । आन्द्रे रसेल क्रिजमा रहेको अवस्थामा ३६ बलमा ५८ रन जोड्नु ठूलो कुरा थिएन । 

१५ औँ ओभर केन विलियम्सनले राशिद खानलाई बलिङ गर्न दिए । यो ओभरको पहिलो बलमा गिलले एक रन लिए । ओभरको दोस्रो र तेस्रो बलमा रसेलले आरामले खेले । उनी रन बनाउन हतारिएका थिएनन् । किनकी राशिद खानको त्यो अन्तिम ओभर थियो । उनी राशिद खानको बलमा आरामले खेलेर अरु बलरकोमा रन बनाउन चाहन्थे । तर सनराइजर्सका कप्तान विलियम्सनको एउटा रणनीतिले रसेल मात्रै होइन, सबै चकित भए ।

टी–२० क्रिकेटमा शर्ट लेगमा फिल्डर राखेको एकदमै कम देखिन्छ । विलियम्सनले शर्ट लेगमा फिल्डर राखे, स्लिपमा त पहिलेदेखि नै फिल्डर थिए । यस्तो फिल्डिङ प्रायः तेस्ट क्रिकेटमा देख्न पाइन्छ । राशिदले अर्को बल गुगली फ्याँके । रसेलले त्यसलाई कट गर्न खोजे तर दुर्भाग्य बल स्लीपमा रहेका शिखर धवनको हातमा गयो । राशिद खान खुशीले उफ्रे । विलियम्सनको रणनीति सफल भएको थियो । रसेलको विकेट लिएपछि सनराइजर्सका लागि जित टाढा थिएन । 

सनराइजर्सले अब मे २८ मा चेन्नई सुपर किंग्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । चेन्नई सातौँ पटक फाइनलमा प्रवेश गरेको छ । सनराइजर्सको भने उपाधिका लागि यो दोस्रो प्रतिस्पर्धा हुनेछ । चेन्नईले दुईपल्ट उपाधि जितेको छ । सनराइजर्सले २०१६ को आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराएर उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook