Total Hits: 2.1 K

राष्ट्रकविको स्वास्थ्यमा सुधार

  • Posted: Saturday, May 26, 2018 07:23 AM ( 2 years ago )

काठमाडौं, जेठ १२ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । 

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । ‘बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ’, उहाँले भन्नुभयो, ‘अहिले बुबाको स्वास्थ्य राम्रो छ ।’ छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा उहाँले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छोरी अधिकारीले बताउनुभयो । 

यसैबीच भारतस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । नेपाली राजदूतावासले घिमिरेको स्वास्थ्यवस्थाबारे अस्पतालमा सम्पर्क गरी जानकारी लिने काम पनि गरिएको जनाएको छ । 

घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तश्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लगिएको हो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर र ग्राण्डी अस्पतालका चिकित्सक डा रोहित चौधरी रहनुभएको छ । झण्डै चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने बताएको छ । -रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook