Total Hits: 10.3 K

भाइचुङले बनाए ‘हाम्रो सिक्किम पार्टी’ : दुई दशकदेखिको पवन चाम्लिङ सरकारलाई कडा चुनौती

  • Posted: Saturday, May 26, 2018 07:03 AM ( 2 years ago )

जेठ १२ – खेल जगतबाट प्रसिद्धि कमाएका चर्चित भारतीय फुटबल खेलाडी भाइचुङ भुटिया अब राजनीतिक मैदानको दोस्रो इनिङमा उत्रँदैछन् । 

भाइचुङ यसअघि नै ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसबाट राजनीतिक मैदानमा उत्रिए पनि सफल भएका थिएनन् । तृणमूल कांग्रेसबाट सफलता प्राप्त नभएपछि भाइचुङ आफ्नै पार्टी बनाएर सिक्किमको मुख्यमन्त्रीको पद ताक्दैछन् । उनले एक महिनाअघि दिल्लीमा ‘हाम्रो सिक्किम पार्टी’ नामक राजनीतिक दलको गठनको अनौपचारिक घोषणा पनि गरेका थिए । 

दल गठनको घोषणा अनौपचारिक कार्यक्रममा भाइचुङले आफ्नो पार्टी सिक्किमेली नागरिककमा समर्पित हुने बताएका थिए । उनले सिक्किमका युवा पुस्ताले चाहेको जसरी वर्तमान सरकारले काम नगरेको भन्दै आफूहरुले त्यसलाई समेट्ने बताएका थिए । भाइचुङले सिक्किममा महत्वपूण राजनीतिक भूमिका खेल्ने भन्दै तृणमूल कांग्रेस छोडेका थिए ।

सन् २०१६ को पश्चिम बंगाल विधानसभाको चुनावमा भाइचुङ तृणमूल कांग्रेसबाट सिलिगुडीबाट उठेका थिए । तर उनी सिलिगुडीका मेयर तथा पूर्व मन्त्री अशोक भट्टाचार्यसँग १४ हजार ७२ मतले हारेका थिए । 

भारतीय फुटबल टिमका पूर्व कप्तानसमेत रहेका भाइचुङले दुई दशकदेखि सिक्किममा रहेको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) सरकारलाई चुनौती दिन पनि आफ्नै पार्टी गठन गरेका हुन् । सिक्किममा २४ वर्षदेखि एसडीएफ नेता पवनकुमार चाम्लिङ मुख्यमन्त्री रहेका छन् । सिक्किम विधानसभामा रहेका ३२ सिटमध्ये २९ सिटमा एसडीएफका विधायक रहेका छन् । दुई सिटमा विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चाका विधायक छन् भने एउटा सिटमा मुख्यमन्त्रीकै भाइ स्वतन्त्र रुपमा विधायक रहेका छन् ।

भाइचुङले  एसडीएफ सरकारले तानाशाही लादेको र युवाहरुको भावनालाई नसमेटेको आरोप लगाएका छन् । ‘हाम्रो सिक्किम’ पार्टीको औपचारिक घोषणा भने सिक्किममै मे ३१ मा हुने बताइएको छ । सिक्किममा निकै नै लोकप्रिय रहेका भाइचुङले पवन चाम्लिङ र उनको दल एसडीएफलाई कडा चुनौती दिन सक्ने सामथ्र्य राख्छन् । 

हाम्रो सिक्किम पार्टीको राजनीतिक आधारका बारेमा प्रश्न गर्दा भाइचुङले सत्ताधारी दलदेखि अन्य विपक्षी दलका नेतासमेत आफ्नो पार्टीमा आउने तयारीमा रहेको बताएका छन् । 

भाइचुङले आफूलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत नगरे पनि उनले सिक्किमको सत्ताबाट एसडीएफ र चाम्लिङ बाहिर गर्न चाहेका छन् । उनले पार्टीका सबै मिलेर मुख्यमन्त्रीको उम्मेदवारको टुंगो लगाउने बताए पनि उनी नै मुख्यमन्त्रीको उम्मेदवार बन्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । 

सिक्किम विधानसभाको चुनाव आउँदो वर्ष हुँदैछ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook