कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र त्रिभुवन आर्मी क्लब फाइनलमा
- Posted: Friday, May 25, 2018 20:35 PM ( 3 years ago )
सुर्खेत, जेठ ११ – रुपेन्देही ११ र त्रिभुवन आर्मी क्लब सुर्खेतको वीरेन्द्रनगरमा भैरहेको कर्णाली प्रिमियर लिग (केपीएल) को फाइनल प्रवेश गरेका छन् ।
वीरेन्द्रनगर रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ७ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो ।
रुपन्देहीका लागि सन्दीप सुनारले ३० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाए । त्यस्तै बशिर अहमदले १४ बलमा ५ छक्का प्रहार गर्दै ४६ रन जोडे । यसै क्रममा शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन बनाए ।
रुपन्देहीको लागि सन्दीप सुनार र बिकाश श्रेष्ठले समान ३/३ विकेट तथा बिक्रम भुसालले २ विकेट हात पारे ।
१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्य–पश्चिमले १९.५ मा अल आउट हुँदै ओभरमा १४६ रन मात्रै बनाउन सक्यो । मध्य–पश्चिमका लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन ।
खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भए ।
शुक्रबार नै भएको दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गर्दै धनगढी क्रिकेट एकेडेमीले ८ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो । धनगढीका लागि कप्तान भुवन कार्कीले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए । त्यस्तै सञ्जु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रनको योगदान गरे । त्रिभुवन आर्मी क्लबका चन्द्र साउद र सगर पुनले समान २–२ विकेट लिए ।
१३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट मात्र गुमाएर पुरा गर्यो । आर्मीका लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढाऐरले ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६३ रन बनाए । त्यस्तै राजु रिजालले २८ रन बनाए भने सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनाए ।
कर्णाली प्रिमियर लिगको फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...