Total Hits: 2.3 K

‘मी टू’ क्याम्पेनले हार्भे वेन्सटेनलाई प्रहरीसमक्ष आत्मसमर्पण गरायो

  • Posted: Friday, May 25, 2018 18:31 PM ( 2 years ago )


जेठ ११ – हलिउडका प्रख्यात अभिनेता हार्भे वेन्सटेनले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

उनलाई अभिनेत्री लुसिया इभान्सले बलात्कारको आरोप लगाएकी थिइन् । ६६ वर्षीय वेन्सटेनमाथि इभान्सबाहेक दर्जनौं महिलाले आफूहरुमाथि बलात्कार तथा यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै आएका थिए ।

यद्यपि वेन्सटेनले भने ती आक्षेपहरुको सधैँ खण्डन गर्दै आएका थिए । उनीमाथि  उनका करतुतहरुले विश्वभर रहेको बलात्कार तथा यौन दुव्र्यवहारविरुद्ध सामाजिक सञ्जालमा ‘मी टू’ क्याम्पेन नै चलाउनुपर्ने बाध्यता  सिर्जना भएको थियाे । 

वेन्सटेन बिहान ७ २५ मा म्यानहाटनको प्रहरी चौकीमा आइपुग्दा दर्जनौं पत्रकारहरु पहिले नै तैनाथ थिए । वेन्सटेन राम्रो पोशाकमा हातमा निर्देशक एलिया कजानबारे लेखिएको पुस्तक च्यापेर प्रहरी चौकीमा आइपुगेका थिए ।

के सजाय हुन्छ वेन्सटेनलाई ?

उनीमाथि हुने सजाय म्यानहाटनको ग्राण्ड ज्यूरीको अनुसन्धानले तय गर्नेछ । अहिले नै यो तय भइसकेको छैन र जिल्ला न्यायाधिकारी साइरस भान्सले तोकेको अभियोगमा आधारित भएर नै सजायको निक्र्योल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook