Total Hits: 0

​निजी स्कुलमा छोराछोरी पढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

  • Posted: Friday, May 25, 2018 18:04 PM ( 4 years ago )

इलाम , जेठ ११ – इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ । 

कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना नगरे तलब भत्ताको तीन प्रतिशत रकम कटौती गर्ने गाउँपालिकाले निर्णय गरेको हो । 

गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवा सुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी, शिक्षकहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेे जनाएको छ । 

कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने अध्यक्ष जितबहादुर राईले बताउनुभयो । उहाँका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । 

सरकारी स्कुल पढाउने शिक्षकले सरकारी रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कामबाट निजी विद्यालयलाई बढी विश्वास गरिएको देखिएकाले यो नियम लागू गरिएको राईको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook