Total Hits: 5.0 K

कर्नाटकमा कुमारस्वामीले विश्वासको मत पाए : बीजेपीको वाकआउट, दियो बन्दको धम्की

  • Posted: Friday, May 25, 2018 17:59 PM ( 2 years ago )

जेठ ११ – भारतको कर्नाटक राज्यको विधानसभामा मुख्यमन्त्री एचडी कुमारस्वामीले विश्वासको मत प्राप्त गरेका छन् ।

विधानसभामा उपस्थित ११७ विधायकले कुमारस्वामीको पक्षमा मतदान गरेका छन् । तर भारतीय जनता पार्टी(बीजेपी) का सांसदहरुले भने सदन बहिष्कार गरेका छन् । कर्नाटक विधानसभाबाट बाहिरिएपछि बीजेपी नेता बीएस येदियुरप्पाले मुख्यमन्त्री कुमारस्वामीले किसानहरुको ऋण मिनाहा नगरे मे २८ मा कर्नाटक बन्द गर्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री कुमारस्वामीले सदनमा सम्बोधन गर्दै जनादेश बीजेपीका लागि नभएको बताएका थिए । 

विधानसभामा विश्वासको मत लिनुभन्दा पहिले कांग्रेसका रमेश कुमार विधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । बीजेपी नेता तथा कर्नाटकका पूर्व मुख्यमन्त्री येदियुरप्पाले कुमारलाई हात मिलाएर बधाई दिएका थिए । 

मे १९ मा येदियुरप्पाले विश्वासको मत प्राप्त गर्नुभन्दा पहिले नै राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस–जनता दल सेक्युलरको गठबन्धनबाट एचडी कुमारस्वाममी मुख्यमन्त्री बनेका थिए । कुमारस्वामीले मे २३ मा मुख्यमन्त्रीको सपथ लिएका थिए । कांग्रेसका प्रदेश अध्यक्ष जी परमेश्वर उपमुख्यमन्त्री बनेका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook