Total Hits: 4.0 K

ओली र देउवाविरुद्ध नेविसंघको नाराबाजी

  • Posted: Friday, May 25, 2018 16:52 PM ( 2 years ago )

काठमाडौं, जेठ ११ – नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रीय समितिको समन्वयमा शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन भएकोे छ ।

विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । काेणसभामा नेविसंघका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाबिरुद्ध पनि नाराबाजी गरेका थिए ।

कांग्रेस र नेविसंघको झण्डासहित उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुनेलगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

प्रदर्शनको नेतृत्व नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले र मनोजमणि आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook