Total Hits: 0

करण जोहरको जन्मदिनमा भावुक हुँदै बलिउड सुपरस्टारले दिए शुभकामना

  • Posted: Friday, May 25, 2018 16:35 PM ( 5 years ago )

जेठ ११ – बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले ४६ औं बसन्त पार गरेका छन् । उनको जन्मदिनमा सम्पूर्ण बलिउडले शुभकामना दिइरहेको छ । तर करण जोहर यतिबेला भारतमा छैनन् । उनी आफ्नो जन्मदिन अमेरिकाको न्यूयोर्कमा मनाइ रहेका छन् ।

करणको जन्मदिनमा सामाजिक सञ्जालमा बलिउड स्टारहरुले निकै भावुक तरिकाले माया देखाउँदै जन्मदिनको शुभकामना दिएका छन् ।

करण जोहरलाई बलिउडका स्टार अभिनेताका छोराछोरीहरुको गड फादरको रुपमा लिने गरेका छन् । करणले महेश भट्टकी छोरी आलिया भट्ट, डेभिड धवनका छोरा वरुण धवनलाई बलिउडमा डेब्यू गराउँदै करियरको सुरुवात गरिदिएका थिए ।

यस्तै, करणले अभिनेत्री श्रीदेवी तथा बोनी कपूरकी छोरी जान्ह्वी कपूरलाई फिल्म ‘धडक’मार्फत डेब्यू गराइरहेका छन् भने उनको अर्को फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ मार्फत चंकि पाण्डेकी छोरी अनन्या पाण्डेलाई डेब्यू गराउँदैछन् ।

यसैगरी सैफ अली खानकी छोरी सारा अली खानलाई अभिनेता रणवीर सिंहका साथ फिल्म सिंबामा लिएका छन् । साराको लागि भने योे दोस्रो फिल्म हुनेछ । उनी फिल्म ‘केदारनाथ’मार्फत बलिउड डेब्यूको तयारीमा छिन् । 

यस्तै, आज जन्म दिन मनाइरहेका करण जोहरलाई सोनम कपूर, आलिया भट्ट, कट्रिना केफ, अनुष्का शर्माले सामाजिक सञ्जालमा उनीसँगको फोटोसहित शुभकामना दिएका छन् ।

करण जोहरलाई पिता मान्ने आलियाले उनलाई शुभकामनामा लेखेकी छिन ‘मेरो पिता, साथी अनि जिन्दगीको शिक्षकलाई जन्मदिनको शुभकामना ! सायद मैले पछिल्लो जन्ममा धेरै राम्रो काम गरेको हुनु पर्छ । त्यसैले मैले तपाईजस्तो व्यक्तिसँग नाता गाँसियो । धेरै धेरै माया ।  

साथै अनुष्का शर्मा, ऋतिक रोशन, फराह खान, टाइगर श्राफलगायत अन्या बलिउड स्टारले पनि बधाई तथा शुभकामना दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook