रणबीर र सोनम फेरि एकसाथ
- Posted: Friday, May 25, 2018 13:53 PM ( 5 years ago )
जेठ ११ – बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् । पोस्टरमा सोनम र रणबीरको जोडी निकै सुन्दर देखिएको छ ।
सञ्जय दत्तको जीवनीमा बनेको यस बायोपिकमा अभिनेता रणबीर कपूर सञ्जय दत्त बनेका छन् । फिल्ममा सञ्जय दत्तकी प्रेमिका टिना मुनीमको भूमिका सोनम कपूरले निर्वाह गरेकी छिन् । यसअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ भने फिल्मको ट्रेलर मे २९ मा रिलिज हुनेछ ।
यसअघि रिलिज भएको टिजरले फिल्मको चर्चा निकै चुल्याएको छ । दर्शकहरु सञ्जय दत्तको जीवनीमा आधारित यस फिल्मको व्यग्र प्रतिक्षामा छन् ।
फिल्ममा सञ्जय दत्तका बुवा सुनिल दत्तको भूमिका परेश रावलले अभिनय गरिरहेका छन् भने आमा नरगिसको भूमिकामा अभिनेत्री मनिषा कोइराला र सञ्जयकी श्रीमतिको भूमिकामा अभिनेत्री दिया मिर्जाले अभिनय गरिरहेका छन् ।
फिल्ममा सञ्जयको जीवनमा आएका उतार चढावलाई देखाइनेछ । सञ्जयको युवा अवस्थाको रमाइला, नशाको लतको शिकार बनेकोदेखि जेलसम्म पुगेको दिनहरुलाई यस फिल्ममा चित्रण गरिएको छ । फिल्मका लागि अभिनेता रणबीरले निकै मेहनत गरेका छन् ।
यो फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका छन् । फिल्म ‘सञ्जु’ जून २९ मा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...