अलैँचीको बिरुवाको मूल्य ताेकियाे, बिरुवाको मूल्य घट्यो
- Posted: Friday, May 25, 2018 13:04 PM ( 3 years ago )
श्यामशितल परियार/ उज्यालो ।
लमजुङ, जेठ ११ अलैँचीको बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यावसायी महासंघ लमजुङ, अलैँची तथा अलैँची बिरुवा उत्पादक किसान, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि, अलैँची जोन कार्यक्रमका प्रतिनिधिबीच बसेको बैठकले अलैँचीको बिरुवाको मूल्य निर्धारण गरेको हो ।
अलैँचीको बिरुवा रोप्ने समय सुरु भएसँगै सरोकारवालाबीच छलफल गरी अलैँचीको बिरुवाको नयाँ मूल्य निर्धारण गरिएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरीमा उत्पादित ३२ महिना पूरा भएका प्रतिबिरुवाको मूल्य ८ रुपैयाँ निर्धारण गरिएको छ । अलैँचीको पुरानो गाँज (पान्ना) बाट निकालिएको प्रति बिरुवाको मूल्य ५ रुपैयाँ तोकिएको छ ।
मूल्य घट्यो
गएको वर्षभन्दा यो वर्ष अलैँचीको बिरुवाको मूल्य घटेको हो । गएको वर्ष नर्सरीमा उत्पादित प्रति बिरुवाको मूल्य ९ रुपैयाँ थियो । पुरानो गाँजबाट निकालिएको प्रति बिरुवाको मूल्य ७ रुपैयाँ निर्धारण गरिएको थियो । विगतको वर्षको तुलनामा बिरुवाको माग कम भएको, अलैँचीको मूल्य घटेको, अलैँचीको बिरुवा उत्पादक किसानसमेत बढेका कारण जिल्लामा यसवर्ष अलैँचीको बिरुवाको मूल्य घटेको तामाङले बताउनुभयो ।
अलैँची उत्पादक किसान एवम् अलैँची व्यावसायी समेत रहनुभएका तामाङका अनुसार जिल्लामा फर्म दर्ता गरी व्यवसायिक रुपमा नर्सरीमै अलैँचीको बिरुवा उत्पादन गर्ने किसान १० जना रहेका छन् । अलैँची उत्पादक किसान भने झण्डै २५ हजारको हाराहारीमा छन् ।
लमजुङ अलैँचीको बिरुवामा आत्मनिर्भर छ । यहाँ उत्पादित अलैँचीको बिरुवा गोरखा, कास्की, स्याङ्जा, मनाङलगायतका जिल्लामा पुग्ने गरेको छ । जिल्लाको घनपोखरा, बाँझाखेत, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, फलेनी, ढोडेनी, पसगाउँलगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती गरिएको छ ।
किसानका अनुसार लमजुङमा रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले, साउनेलगायतका जातका अलैँचीको खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...