Total Hits: 0

चट्टयाङ लागेर १३ जना घाइते

  • Posted: Friday, May 25, 2018 10:51 AM ( 4 years ago )

तपेन्द्र बिष्ट/उज्यालो ।

डडेल्धुरा, जेठ, ११ – डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । परशुराम नगरपालिका वडा नं ६, छेला र वडा नं ७ सादनीमा २ वटा घरमा चट्टयाङ पर्दा १३ जना घाइते भएका हुन् ।
 
विहीबार साँझ पानी र हावाहुरीसँगै आएको चट्टयाङले ३३ वर्षीय रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवी दमाई, १९ वर्षीय ललिता धामी, ४५ वर्षीय बेलादेवी धामी, २५ वर्षीय मायादेवी धामी १२ वर्षीया सविना धामी र ७० वर्षीय वृद्धा धौलीदेवी धामी, १४ वर्षीय धनराज भट्ट, ५० वर्षीय रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीय लक्ष्मी भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते हुनेमा बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । गम्भीर घाइते दुई जनाको जोगबुडा अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook