Total Hits: 0

राष्ट्रिय परिचय पत्रको लागि जेठ २५ देखि विवरण संकलन गरिने

  • Posted: Friday, May 25, 2018 08:11 AM ( 4 years ago )

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, जेठ ११ – गएको फागुन पहिलो हप्तादेखि नै सुरु गरिने भनिएको पहिलो चरणको राष्ट्रिय परिचय पत्र वितरणको विवरण संकलन आउँदो जेठ २५ देखि संकलन गरिने भएको छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराम जोशीका अनुसार पहिलो चरणमा एक लाख १७ हजार परिचय पत्र वितरण गर्ने तयारी छ । जसमध्ये पाँचथर जिल्लामा १ लाख १० हजार परिचय पत्र वितरण गरिनेछ भने बाँकी ७ हजार सिंहदरबारका कर्मचारीलाई वितरण गरिनेछ । परिचय पत्रमा सुरुमा व्यक्तिको वैयत्तिक र जैविक विवरण समावेश गरिनेछ ।

मेमोरी चिप्ससहितको मेशिन रेडिवल कार्ड हुने भएकाले पछिबाट यसमा आवश्यक अन्य सम्पूर्ण विवरण समेत अटाउँन सकिने बताइएको छ । तत्काललाई नेपाली नागरिकताको प्रमाण पत्र लिईसकेका र नागरिकता लिन योग्यता पुगेकाहरुलाई परिचय पत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले जनाएको छ । नेपाल सरकारले वि.सं. ०६६/६७ देखि नै राष्ट्रिय परिचय पत्र वितरणको अवधारणा अघि सारेको थियो । राष्ट्रिय परिचय पत्र वितरण गर्ने निर्णय भने ०७४ भदौ १९ गतेको  मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

यसअघि फागुन पहिलो हप्तादेखि सुरु गर्ने भनिएतापनि प्राविधिक कारणले सुरु गर्न नसकिएको भन्दै आउँदो जेठ २५ देखि सुरु गरिने विवरण संकलन कार्यको लागि सम्पूर्ण तयारी भएको निर्देशक जोशिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook