Total Hits: 0

प्रकोपको बेला तत्काल उद्दार र राहतको लागि प्रादेशिक गोदाम घर बनाइने

  • Posted: Friday, May 25, 2018 07:28 AM ( 4 years ago )

मोरङ, जेठ ११ – प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आवश्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश १ सरकारले चालु आर्थिक वर्षभित्रै प्रदेश गोदाम घर संचालनमा ल्याउने तयारीमा जुटेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भरीका लागि आवश्यक परेको बेला उद्दार उपकरण र तत्कालै वितरण  गर्न सकिने राहत सामग्रीसहितको प्रदेश स्तरको गोदाम घर संचालनमा ल्याउन लागेको हो ।

सरकारले खारेज गरिसकेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनलाई विपद व्यवस्थापन प्रदेशिक गोदामघरको रुपमा प्रयोग गर्ने तयारी अनुसार कार्यालयको मर्मत, रंग, रोगन सम्पन्न गरेर बोर्डसमेत राखिसकिएको छ । गोदाम घरको चालु आर्थिक वर्ष भित्रै औपचारिक उद्घाटन गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

गोदाम घर निर्माणसम्बन्धी कार्यविधि प्रदेश सरकारको तर्फबाट तयारी भैरहेको जनाईएको छ । मन्त्रालयको प्रशासन, योजना तथा विपद व्यवस्थापन महाशाखा प्रमुख रविन्द्र आचार्यले प्रदेश गोदामघरको संचालन र व्यवस्थापनको लागि मन्त्रालय माताहतकै छुट्टै कार्यक्रम रहेको बताउनुभयो ।
 
आपतकालीन समयमा पनि टेलिफोन र इन्टरनेट सेवा प्रदान गर्ने सरकारी तथा निजी सेवा कम्पनीसँग समेत छलफल गरिएको छ । बैठकमा सबै जिल्लालाई जोखिमको विवरण माग गरिसकेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook