Total Hits: 5.0 K

ट्रम्पको निर्णयले उत्तर कोरिया निराश

  • Posted: Friday, May 25, 2018 07:10 AM ( 2 years ago )

 जेठ ११ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ । ट्रम्पको यो निर्णय विश्वको इच्छा अनुसार नभएको भन्दै उत्तर कोरियाले निराशा जनाएको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

उत्तर कोरियाले आफ्नो नेता किमले राष्ट्रपति ट्रम्पसँग वार्ताको लागि निकै प्रयास गरेको पनि बताएको छ । उत्तर कोरियाले अमेरिकासँगको मुद्धा कुनै पनि हालतमा समाधान गर्न खोजेको पनि  खबरमा उल्लेख छ । यसअघि ट्रम्पको फैसलाबारे ह्वाइटहाउसका अधिकारीले उत्तर कोरियाले केहि प्रतिबद्धता तोडेको आरोप लगाएको छ ।

विहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेको घोषणा गरेका थिए । उनले उत्तर कोरियाले देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका थिए । ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook