Total Hits: 0

श्रीमती र छाेरा गुमाएका अशोक भन्छन्: मलाई र मेरो छोरीलाई पनि मारिदेउ

  • Posted: Thursday, May 24, 2018 20:43 PM ( 4 years ago )

भक्तपुर, जेठ १० – तीन जनाको ज्यान जाने गरी हिजो भएको दुर्घटनाका पीडित परिवार तथा आफन्तले आज दिनभर महानगरीय प्रहरी वृत्त जगातीमा धर्ना दिएका छन् । 

स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई आजिवन काराबास हुनुपर्ने र टिपरलगायतका मालबाहक सवारी साधनलाई दिउँसोको समयमा सञ्चालन गर्न रोक लगाउनु पर्ने माग गर्दै दिनभरी नै प्रहरी वृत्त जगातेमा एकसय भन्दा बढीले धर्ना दिएका हुन् । 

टिपरको ठक्करबाट पत्नी र छोराको ज्यान गएको खबर प्राप्त भए लगत्तै मलेसियाबाट आज नेपाल आइपुगेका मृतक सविता घिमिरेकी पति अशोक घिमिरेले चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘टिपर चालकमाथि हदैसम्मको कारबाही होस्, पहुँच र दबाबको भरमा चालकलाई उन्मुक्ति दिने प्रयास नहोस्, भोलिका दिनमा अरु नागरिकले यसै गरी ज्यान फाल्न नपरोस् ।’ पटकपटक गरेर विगत १० वर्षदेखि मलेसियामा बस्दै आउनु भएका उहाँ विगत पाँच महिनाअघि मात्रै पछिल्लो पटक मलेसिया जानु भएको थियो । 

घिमिरेले भन्नुभयो, ‘विकसित देशमा पनि दिउँसोको समयमा मालबाहक यातायात चलाउन पाइँदैन, नेपालमा पनि राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने कानून सरकारले बनाओस् ।’

प्रहरीले मुद्धालाई कमजोर बनाउन खोजेको आफन्तले आरोप लगाएका छन् । प्रहरीले सहमतिमा जाने कि कानून अनुसार अगाडि बढ्ने भनेर अल्मल्याउन खोजेको आफन्तको भनाई छ । घट्नास्थलमै मृत्यु भए पनि उपचारको क्रममा मृत्यु भयो भनेर प्रहरीले प्रचार गरेर मुद्धालाई कमजोर बनाउन खोजेको धर्नामा बसेका आफन्तले बताए ।

घिमिरेले भन्नुभयो, ‘म मलेसियाबाट नेपाल आइसकँ,े तर प्रहरीले अझै गाडी साहुलाई सम्पर्कमा ल्याउँदैन, मैले क्षतिपूर्ति मागेको छैन, दोषीलाई कारबाही हुनु पर्यो, होइन भने श्रीमती र छोरालाई मारिहाल्यो । अब जीवित म र छोरीलाई मारिदेऊ, आनन्दै हुन्छ ।’

एयरपोर्टबाट नेपाल झरेलगत्तै सीधै छोरी अनुजालाई भेटेका उहाँले भन्नुभयो, ‘मैले एयरपोर्टबाट झरेर सीधै छोरीलाई भेटे, मेरो छोरी मलाई अँगालो मारेर धेरै रोई, उसको अब म बाहेक कोही बाँकी रहेन, हाम्रो पीडालाई कस्ले बुझ्छ ?’

प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले भने चालकलाई कलंकीबाट पक्राऊ गरेर ल्याएको र उसलाई कडा भन्दा कडा कारबाही गराउन प्रहरीको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आजैदेखि टाइम कार्ड लागू गरेको बताउनुभयो ।

काभ्रेबाट बालुवा लिएर भक्तपुरतर्फ आउँदै गरेको बा.३ख. ६६७४ नम्बरको टिपरले त्यसै दिशातर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नम्बरको स्कुटरलाई हिजो पलासेमा ठक्कर दिँदा मध्यपुर थिमि –१, लोकन्थली बस्ने ३२ वर्षकी सविता घिमिरे, १३ वर्षका अरबिन घिमिरे र स्कुटर चालक ५० वर्षका हरिबहादुर कटुवालको घट्नास्थलमै मृत्यु भएको थियो । 

प्रहरीले टिपर चालक धादिङ्ग थाक्रे घर भई हाल काठमाडौं थानकोट बस्ने वर्ष ३० का सञ्जिव सुचिकारलाई कलंकीबाट पक्राऊ गरेर थुनामा राखेको छ । नेपाल ट्रक तथा टिपर व्यवसायी संघमा आबद्ध रहेको टिपरका साहु कीर्तिपुर निवासी मंगलदास बलामी भने साँझ मात्रै प्रहरी सम्पर्कमा आएका छन् ।  

​टुहुरी बालिकाले ‘नरुनुस् न आमा, नरुनुस् न दादा’ भन्दा थामिएनन् कसैका आँसु

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook