Total Hits: 0

​कर्णाली प्रिमियर लिग : त्रिभुवन आर्मी र एबिसी स्पोर्ट्स क्लब विजयी

  • Posted: Thursday, May 24, 2018 19:21 PM ( 3 years ago )

सुर्खेत, जेठ १० – सुर्खेतको वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिगमा आज भएका २ खेलमा त्रिभुवन आर्मी क्लब र एबीसी स्पोर्ट्स क्लब विजयी भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले खेल ढिला सुरु भएका कारण निर्धारित  १२ ओभरमा घटाइएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो । उसको लागि तिलक थापाले सर्वाधिक २० रन, सौगात कार्कीले १८ रन तथा पदम कंडेलले १३ रन योगदान दिए । 

बलिङ्गतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट हात पारे ।  ६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भीम सार्कीले समान १२ रन बनाए ।  भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए । 

यस्तै आज भएको दोस्रो खेलमा एबिसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले पराजित ग¥यो ।   टस जितेर ब्याटिंग रोजेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित  २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।  उसको लागि दिनेश पुनले सर्वाधिक ६९ रन बनाउने क्रममा ४५ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।  यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए ।  काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरका बालार प्रितम थापा र भोजराज भट्टले समान २–२ विकेट लिए ।  

१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पुरै २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो । उसको लागि विश्वास श्रेष्ठले सर्वाधिक ४३ रन बनाउन २८ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए ।  एबीसीका बलर महेश खत्रीले सर्वाधिक  ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिश  बिक्रम सिंह, बिनित खत्री र रबिन्द्र जंग शाहीले समान १/१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच दिनेश पुन घोषित भए । 

यो संगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन् । समुह ’ए’ को बिजेताको रुपमा रुपन्देही ११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समूह ’बी’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्य(पश्चिम क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका छन्। भोलि हुने  पहिलो सेमीफाइनलमा रुपन्देही ११ र मध्यपश्चिम क्रिकेट क्लब तथा दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र धनगढी क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।      

जेठ ३ गते बाट सुरु भएको कर्णाली प्रिमियर लिगको फाइनल खेल शनिबार हुनेछ ।  प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook