Total Hits: 0

एबी डिभिलियर्सको सन्यास, क्रिकेटको एउटा स्वर्ण युगको अन्त्य

  • Posted: Thursday, May 24, 2018 18:48 PM ( 3 years ago )

जेठ ९ – दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्स एक मात्र यस्ता कप्तान हुन् जसले आफनो एकदिवसीय करियरमा ५० पारीमा ५० भन्दा माथिको औसत तथा १०० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । 

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि एबी डिभिलियर्सको नजिक पुग्दै ४२ पारीमा ५० भन्दा माथिको औसत तथा १०० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

डिभिलियर्सको न्यूनतम ४० बलको ओडीआईको सर्वाधिक छिटो इनिङ र न्यूनतम १०० बलको टेस्टको इनिङको स्ट्राइक रेटको अन्तर ३२४.१५ रहेको छ । यो आँकडा अन्य ब्याट्सम्यानहरुको तुलनामा सर्वोत्कृष्ट हो । 

सन् २०१५ मा वेष्ट इन्डिजविरुद्धको खेलमा ४४ बलमा १४९ रन बनाउँदा उनको स्ट्राइक रेट ३३८.६३ थियो । जबकी उनले भारत विरुद्धको २०१५ को टेस्ठटमा २९७ बलमा केबल ४३ रन बनाएका थिए जसको स्ट्राइक रेट १४.४८ रहेको थियो ।

४ नम्बर वा त्यो भन्दा अगाडि ब्याटिङ गर्न आउँदा डिभिलियर्सले सर्वोत्कृष्ट २१ ओडीआई शतक बनाएका छन् । हालसम्म ओडीआइको सर्वाधिक छिटो शतक ३१ बलको रहेको छ जुन डिभिलियर्सले वेष्ट इन्डिजविरुद्ध बनाएका थिए । १६ बलमा बनेको अर्धशतक  तथा ६४ बलको १५० रनको रेकर्ड पनि डिभिलियर्सकै नाममा छ  । टेस्ट तथा ओडीआईमा ५० भन्दा माथिको स्ट्राइक रेटमा ५००० भन्दा माथि रन बनाउने विश्वका दुई मात्र ब्याट्सम्यानमा विराट कोहली र एबी डिभिलियर्स पर्छन् ।

एबी डिभिलियर्स एक मात्र विकेटकीपर ब्याट्सम्यान हुन् जसले टेस्टमा १० भन्दा बढी खेलाडीलाई आउट पार्दै शतक पनि बनाएका थिए । उनले सन् २०१३ मा पाकिस्तान विरुद्ध यस्तो चामत्कारिक खेल देखाएका थिए । 
 

सन् २००८ यता टेस्टमा डिभिलियर्सको औसत ५७.६८ रहेको छ । 

डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार १४ रन बनाएका छन् । २५ सय वा त्यसभन्दा माथि रन बनाउने विश्वका उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पाँचौं नम्बरमा रहेका उनको टेस्ट औसत ६२.११ रहेको छ । 

पछिल्लो टेस्ट श्रृंखलामा रहेको उनको ७१.१६ को औसत पछिल्लो ३० वर्षमा आफनो अन्तिम श्रृंखलामा ३०० भन्दा माथि रन बनाउने ब्याट्सम्यानमध्ये दोस्रो नम्बरमा थियो । 

एक नम्बरमा भने वेष्ट इन्डिजका ब्रायन लाराले पाकिस्तानविरुद्ध बनाएको ८९.६० को औसत रहेको छ ।

-इएसपीएन क्रिक इन्फोबाट

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook