Total Hits: 0

स्वराकोे पहिरन देखेर सामाजिक सञ्जालमा ‘निरमा गर्ल भन्दै मजाक’ उडाइयो

  • Posted: Thursday, May 24, 2018 18:23 PM ( 5 years ago )

जेठ १० – करीना कपूर, सोनम कपूर, स्वरा भास्कर र शिखा तल्सानियाको फिल्म ‘वीरे दी वेडिङ्ग’ छिट्टै प्रदर्शन हुदैछ ।

यस फिल्मका अभिनेत्रीहरु तथा फिल्म यूनिट निकै जोडदार रुपमा फिल्मको प्रमोशनमा लागेका छन । 

प्रमोशनकै क्रममा एक कार्यक्रममा फिल्मका चारै जना अभिनेत्री निकै तयारीका साथ सजिएर उपस्थित भएका थिए । अभिनेत्री करीना, सोनम र शिखाबाहेक अभिनेत्री स्वरा भास्करले उनको ड्रेसका कारण यतिबेला चर्चा बटुलिरहेकी छिन । 

त्यस कार्यक्रममा स्वरा भास्कर सेतो रंगको अटेलियर जोहरा ड्रेस लगाएर उपस्थित भएकी थिइन । त्यो ड्रेस देखेर सामाजिक सञ्जालहरु मार्फत वर्षौँ पुरानो डिटरजेन्ट निरमाको विज्ञापनसँग दाँजेर उनलाई ‘निरमा गर्ल’ भन्न थालिएको छ ।  केही वर्ष पहिलेको डिटरजेन्ट निरमाको विज्ञापनमा सेतो रंगको पहिरन लगाएकी युवती आउने गर्थिन । स्वरालाई तिनै ‘निरमा गर्ल’ भनिन थालिएको छ । साथै त्यो पुरानो विज्ञापनको फोटो र स्वराको फोटो सामाजिक सञ्जालमा सेयर गरिएको छ । 

फिल्म ‘वीरे दी वेडिङ्ग’ जून १ मा पदर्शन हुनेछ । यो फिल्म चारजना साथीहरुको जीवनलाई देखाइएको छ । यो फिल्मको निर्माण सोनम कपूरकी बहिनी रिया कपूर र एकता कपूरले गर्दैछन । निर्देशक शशांक घोषले फिल्मको निर्देशन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook