Total Hits: 0

​एबी डिभिलियर्सले सन्यास लिएपछि ३३ वर्ष पुराना साथीले लेखे यस्तो सन्देश

  • Posted: Thursday, May 24, 2018 17:11 PM ( 3 years ago )

जेठ १० – एबी डिभिलियर्सले आफ्नो १४ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले आफूले थकित महसुस गरेकाले सन्यास लिएको बताएका छन् । 

डिभिलयर्सले अचानक सन्यास लिने घोषणा गरेका कारण धेरै आश्चर्यमा परेका छन् । उनी  उत्कृष्ट लयमै थिए । इन्डियन प्रिमियर लिग(आईपीएल) मा उनले सुपरम्यानले झैँ हावामा उडेर एउटा हातले बल क्याच गरेका थिए । डिभिलियर्सको यो अचानकको निर्णयले सबैलाई निराश त बनाएको छ नै तर उनको यो निर्णयले सबैभन्दा निराश बनाएको छ ३३ वर्ष पुराना साथी तथा क्लासमेट रहेका फाफ डू प्लेसिसलाई । 

यस्तै मित्रता थियो सचिन तेन्दुलकर तथा विनोद कांबलीबीच । उनीहरु दुवै मुम्बईको शारदा आश्रम विद्यालयमा पढ्थे । त्यहीँबाट नै उनीहरुले खेल जगतमा आफ्नो प्रारम्भिक यात्रा सुरु गरेका थिए । त्यस्तै डिभिलियर्स र डू प्लेसिस पनि दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको एफीस स्कुलमा पढ्थे । त्यहीँ उनीहरु क्रिकेट खेल्थे र मिलेर अरुलाई सताउँथे ।

डिभिलियर्सले सन्यासको घोषणा गरेसँगै डू प्लेसिसले इन्स्टाग्राममा भावूक हुँदै आफूहरुको सम्बन्धका बारेमा लेखेका छन् । उनी लेख्छन्, ‘तिमीसँग खेलेका पलहरु मैले धेरै सम्झनेछु । क्रिकेट मैदानम हामीबीच थुप्रै सम्झनलायक साझेदारी छन्  । अब हामी हरियो र सुनौलो जर्सीमा सँगै नखेल्ने कुरा थाहा पाउँदा म अति नै दुःखी भएको छ । तिम्रो याद सधैँ आउनेछ ।’

दुवैको बाल्यकाल

दुवै क्रिकेटर सानोमा चकचके स्वभावका थिए । त्यसैले कोच र शिक्षकहरुले धेरै मेहनत गर्नु परेको थियो । एफीस स्कुलमा १९ वर्षदेखि क्रिकेट सिकाइरहेका कोच डियोन बोट्सका अनुसार यी दुई क्रिकेटरलाई सम्हाल्न निकै कठिन हुन्थ्यो । डू प्लेसिसले आफ्नै जुत्तालाई किक हान्दै हिँड्थे । उनी पढाईमा पनि त्यति राम्रा थिएनन् । डिभिलियर्सको भने पढाई औसत थियो । उनी जसोतसो ६० प्रतिशत चाहिँ कटाउँथे । 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook