Total Hits: 0

‘ऋण कमाउन विदेश गइएछ’

  • Posted: Thursday, May 24, 2018 15:48 PM ( 4 years ago )

लिला निरौला/ खोटाङ

खोटाङ, जेठ १० – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया जानुभयो ।

सन् २००१ मा ८५ हजार रुपैयाँ मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाई झण्डै १० हजार रुपैयाँ  मात्र हुन्थ्यो । विदेश जाँदा काढेको ऋण तिर्नै उहाँलाई हम्मेहम्मे पर्थ्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उहाँको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन । 

सत्र महिना मलेसियामै आराम गरेर उहाँ स्वदेश फर्कनुभयो । मलेसिया जाँदाको ऋण तिर्न आचार्य एक लाख १५ हजार रुपैयाँ ऋण खोजेर कतार लाग्नुभयो । ‘कतारमा सुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए’, उहाँले पीडा सुनाउनुभयो । 

झण्डै सात वर्षसम्म घरमै थकान मेट्नुभएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निनुभयो । मलेसिया पुग्नुभएको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । ‘इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु’, उहाँले भन्नुभयो, ‘एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।’

आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहनुभयो । ‘घरबाट सात लाख रुपैयाँ मगाएर उपचार गरी फर्किएँ’, विगत सम्झँदै आचार्य भन्नुहुन्छ, ‘ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।’ 

शारीरिक अपाङ्गता भएर घर फर्कनुभएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल सुरु गर्नुभएको छ । दुई छोरा र श्रीमतीको साथमा रहनुभएका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook