Total Hits: 0

​सीप सिक्दै कैदीबन्दी

  • Posted: Thursday, May 24, 2018 15:01 PM ( 4 years ago )

लमजुङ, जेठ १० – जिल्ला कारागार लमजुङका कैदीबन्दीलाई सीपमूलक तालिम प्रदान गरिएको छ ।

कैदीबन्दीहरुलाई ४५ दिने सिलाई कटाई तालिम प्रदान गरिएको हो । कैदीबन्दीलाई आत्मनिर्भर बनाउने हेतुका साथ सीपमूलक तालिम सञ्चालन गरिएको जेलर तीर्थबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्ला कारागार लमजुङको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति लमजुङको समन्वयमा कैदीबन्दीहरुलाई ४५ दिने सिलाइकटाई तालिम सञ्चालन गरिएको हो । तालिम असार २१ गतेसम्म सञ्चालन हुनेछ । 

कैदीबन्दीको आचरण सुधारका लागि सीपमूलक तालिम महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो । ‘पछिल्लो समय कारागारलाई सुधारगृहको रुपमा लिइएको छ, आचरण सुधारका लागि सीपमूलक तालिम निकै महत्वपूर्ण हुनसक्छ,’ उहाँले भन्नुभयो ।तालिममा १३ कैदीबन्दी सहभागी छन् ।

जेलर अधिकारीका अनुसार लमजुङ कारागारको हालको क्षमता ३५ जनाको छ । तर कारागारमा अहिले ६ जना महिला ६८ पुरुष गरी ७४ जना कैदीबन्दी छन् । कारागारमै कैदीबन्दीहरुले विभिन्न समयमा विभिन्न सीपमूलक तालिम लिदैँ आएका छन् । उनीहरुले सिकेको सीप उपयोग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook