Total Hits: 26.2 K

​कोहलीको चुनौती भारतीय प्रधानमन्त्री माेदीले स्वीकारे

  • Posted: Thursday, May 24, 2018 14:29 PM ( 2 years ago )

जेठ १० – भारतीय केन्द्रीय खेल मन्त्री तथा सूचना प्रसारण मन्त्री राज्यवद्र्धन सिंह राठोरले ट्विटरमा फिटनेस च्यालेन्ज सुरु गरेका छन् ।

उनले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पनि चुनौती दिएका थिए । कोहलीले यस चुनौतीलाई स्वीकार गर्दै अन्य तीन जनालाई पनि यसमा समावेश गरेका थिए । कोहलीले यो चुनौतीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्रिकेटर महेन्द्रसिंह धोनी तथा कोहलीकी पत्नी अनुष्का शर्मा पनि समावेश छ । अब भारतीय प्रधानमन्त्री मोदीले पनि यो चुनौतीलाई स्वीकार गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘विराट कोहली तपाईँको च्यालेन्ज स्वीकार गर्दछु । मैले आफ्नो फिटनेस च्यालेन्ज भिडियो चाँडै नै शेयर गर्नेछु ।’ तर अनुष्का र धोनीले भने यसमा केही बोलेका छैनन् । 

सुरुमा खेलमन्त्री राठोरले मंगलबार पुशअप गरको भिडियो ट्वीट गरेका थिए । राठोरले फिटनेसप्रति सबैलाई प्रोत्साहित गर्न यस्तो प्रयोग गरेका थिए । भिडियोमा मन्त्री राठोरले आफूले प्रधानमन्त्री मोदीबाट फिटनेसका लागि प्रेरणा पाएको बताएका छन् । मोदीलाई देखेर आफूमा फिटनेसको भावना आउने राठोरले बताएका छन् । राठोरले यो भिडियो आफ्नो कार्यालयमै बनाएका हुन् । 

उनले भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै ब्याडमिन्टन स्टार साइना नेहवाल, बलिउड कलाकार ऋतिक रोशन तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई ‘च्यालेन्ज’ गरेका थिए । 

विराट कोहलीले मन्त्री राठोरको चुनौती स्वीकार गर्दै एउटा भिडियो शेयर गरेका छन् । भिडियोमा उनी एक्सरसाइज गरेका देखिन्छन् । कोहलीले ट्वीट गर्दै भनेका छन्, ‘म अब श्रीमती अनुष्का शर्मा तथा हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीजी र महेन्द्रसिंह धोनीलाई यसमा भाग लिन चुनौती दिन्छु ।’

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook