Total Hits: 0

खप्तडमा लाग्ने गंगा दशहरा मेला तस्बिरमा

  • Posted: Thursday, May 24, 2018 13:32 PM ( 4 years ago )

डीबी विष्ट/उज्यालो ।

बझाङ, जेठ १० – सात नम्बर प्रदेशको सबै भन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा लाग्ने गंगा दशहरा मेला आज लाग्दै छ । प्रदेश नम्बर ७ को सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल गंगादशहरा मेला हेर्नका लागि देश तथा विदेशबाट समेत दर्शालु भत्तजनहरु खप्तड पुग्ने गर्दछन् ।
 
वर्षको एक पटक मेला लाग्ने खप्तड क्षेत्र बझाङ, बाजुरा, डोटी र अछामको बीचमा पर्दछ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएकोले नै होला खप्तड क्षेत्रलाई अर्को  प्रकृतिको स्वर्गको उपमा दिने गरिएको छ । खप्तडमा २२ वटा पाटन रहेका छन् ।
बझाङको तमैल र डोटीको झिंग्रान भन्ने ठाँउबाट खप्तड जान सकिन्छ । चार पाँच घण्टाको उकालो पैदल यात्राबाट पुग्न सकिने खप्तड पुग्दा  चारैतिरको मनमोहक सुन्दरताले थकानकोसमेत अनुभूति हुँदैन ।  
समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको यो क्षेत्रको खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहश्रलिंग र चैत वैशाखमा फुल्ने लालीगुराँस यस क्षेत्रका मुख्य आकर्षणका रुपमा रहेका छन् ।
खप्तडको सबै भन्दा आकर्षक पक्ष हो धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेला । यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ ।
पुराणमा  उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोभूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुलीलगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास रहेको छ ।
 
मेला भर्नका लागि प्रदेश नं ७ का ९ वटै जिल्ला सहित देशभरका विभिन्न जिल्लाहरु र भारतको उत्तरखण्डबाट समेत मानिसहरु आउने गरेका छन् ।
झण्डै ५१ वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृति प्रेमिलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरुका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको छ ।
पहाडको उच्च भेगमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठूला–ठूला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी फूलहरुले पर्यटकहरुको मनलाई लोभ्याउने गर्छ । खप्तड साँच्चैनै एकपटक पुग्नैपर्ने प्रकृतिको स्वर्ग जस्तै छ ।
कसरी पुग्न सकिन्छ खप्तड ?
 
खप्तड भ्रमणका लागि सबैभन्दा छोटो बाटो बझाङको खप्तड छान्ना गाउँपालिकाको दारुगाउँ भएर जाने बाटो सबैभन्दा उपयुक्त छ  ।
धनगढीबाट बझाङको तमैलसम्म ९/१० घण्टा बसको यात्रा गर्नु पर्छ । तमैलबाट खप्तडछान्ना गाउँपालिकाको दारुगाउँसम्म साना सवारी साधन जीपको यात्रा गर्नुपर्छ । जीपमा १ घण्टाको यात्रा पछि दारुगाउँ पुगिन्छ ।
दारुगाँउबाट ३ घण्टाको उकालो चढेपछि (खप्तड वेस क्याम्प) लोखाडा पुगिन्छ । वेस क्याम्प बाट डेढ घण्टाको उकालो पैदल यात्रा पछि खप्तड पुग्न सकिन्छ ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook