Total Hits: 0

एउटै गोलीले सबै चरा मार्छु भन्दा नमर्न पनि सक्छ : बाबुराम भट्टराई

  • Posted: Thursday, May 24, 2018 12:00 PM ( 4 years ago )

काठमाडौं, जेठ १० – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारकोे नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा भट्टराईले सरकारको नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा सपनाहरु देखाईएको भएपनि ५ वर्षमा आय दोब्बर, कृषि उत्पादनलाई दोब्बर, ५ वर्ष पछि वैदेशिक रोजगारीमा जानुनपर्नेलगायत विद्युत, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा हुने सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको हो ।

एउटै गोलीले सबै चरा मार्छु भन्दा कुनै पनि चरा नमर्ने अवस्था आउन सक्ने भन्दै उहाँले लक्ष्य प्राप्तीको समय तालिका र आधार स्पष्ट पार्न सुझाव दिनुभयो ।

कार्यक्रमहरु सुन्दर आए पनि कसरी प्राप्त गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण र योजना नरहेको भन्दै उहाँले प्रत्येक वर्ष के–के गर्छाैँ भनेर स्पष्ट रुपमा आउनुपर्ने उहाँको भनाई छ । भौगोलिक परिवेश, पूर्वाधार र आवश्यकताका आधारमा केही विशेष वर्ग र स्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । नीति तथा कार्यक्रममा संघीय सरकारलाई आत्मसात नगरिएको  र एउटै मात्र सरकार छ है भन्ने संकेत गरिएको भन्दै उहाँले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनमा  संसदको मर्यादा कायम गर्न नसकिएको पनि बताउनुभयो । लोकतन्त्रमा प्रतिनिधिसभा नै सबैभन्दा माथि हुने भन्दै त्यसको मर्यादालाई सरकारले विचार पुर्याउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिको सम्बोधन व्यक्तिगत नभई सरकारको भएकाले संसदको सर्वोच्चता र मर्यादामा विचार पुर्याउन सरकारलाई सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook