Total Hits: 0

७ प्रदेशका २ विमानस्थल कालोपत्रे हुँदै, अछाममा परीक्षण उडानको तयारी

  • Posted: Thursday, May 24, 2018 11:12 AM ( 4 years ago )

विमल विष्ट उज्यालो । 

डोटी, जेठ १० – प्रदेश  नम्बर ७ का दुईवटा (पाटन र डोटी) विमानस्थल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुने गरी तीव्र काम भैरहेको छ  । त्यस्तै, अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे सकिएसँगै शुक्रबार परीक्षण उडान गर्ने तयारी छ । बैतडीको पाटन, डोटीको दिपायल विमानस्थल पनि चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गर्ने गरी काम भैरहेको छ ।

डोटी विमानस्थलमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माणमा संलग्न ठेकेदार कम्पनी सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले जानकारी दिएको छ ।

गएको वर्ष कालोपत्रेका लागि ठेक्का भएका यहाँका तीन वटा विमानस्थलमध्ये अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे काम सम्पन्न भएको हो । चैतमै सम्पन्न गर्नुपर्ने काम नसकिएपछि थप गरिएको असार मसान्तसम्म सबै काम सकिनेछ । रन वे, पार्किङ आन्तरिक सडक लगायतको काम कालोपत्रे सकिएको छ ।

विमानस्थलमा मर्मतको काम मात्रै गर्न बाँकी रहेको अवस्थामा परीक्षण उडान हुँदैछ । पहाडी जिल्लामा हवाई सेवा दिईरहेका साना जहाजको उडान र अवतरण  हुने भएकोले समिट एयरको १९ सिटे लेट जहाजले परीक्षण उडान गर्ने तयारी गरिएको साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिनुभयो । त्यस्तै, डोटी विमानस्थलको कालोपत्रेका लागि सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले ६ करोड ८० लाखमा ठेक्का पाएर निर्माण थालेको हो ।

डोटी विमानस्थल असार मसान्तसम्म कालोपत्रे निर्माणको कार्य सम्पन्न गरी सक्ने गरी काम भैरहेको यो योजनाका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बालकृष्ण रेग्मीले बताउनुभयो ।

बैतडीको पाटन विमानस्थल पनि यसै आर्थिक वर्षको असारभित्र कालोपत्रेसक्ने गरी काम गर्न आदेश दिएको इन्जिनियर रेग्मीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook