Total Hits: 0

सरुवा रोगको संक्रमण बढ्यो

  • Posted: Thursday, May 24, 2018 09:40 AM ( 4 years ago )

काठमाडौं, जेठ १० – वर्षायाममा देखिने सरुवा रोगको जोखिम यसवर्ष छिटो देखिएको छ । गएका वर्षहरुमा जेठ अन्तिममा मात्र देखिने विभिन्न रोगको संक्रमण यसवर्ष अहिले नै देखिन थालेको डाक्टरले बताएका हुन् ।

अहिले टाइफाइड, आउँ, सर्पदंश, स्क्रव टाइफस जस्ता संक्रमण बढेको छ । झण्डै २० जनासम्म नयाँ बिरामी दैनिक अस्पताल पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार पानी पर्दै घाम लाग्ने भएकाले पानी दुषित हुँदा गएको वर्षको तुलनामा विभिन्न सरुवा रोग अहिले नै देखिएको हो । घाम लाग्दै पानी पर्दा पानीको मुहान दुषित हुने र दुषित पानी पिउँदा टाइफाइड, आउँ, स्क्रव टाइफस जस्ता संक्रमण धेरैमा देखिएको उहाँले बताउनुभयो । 

यी रोगबाट बच्न सकेसम्म घर बाहिरको खानेकुरा नखाने, घरमै पनि धेरै बासी खानेकुरा नखाने, पानी उमालेर वा निर्मुलिकरण गरेर मात्र पिउन डाक्टर पुनको सुझाव छ ।

यस्तै, आफूले पिउने गरेको जारको पानीको गुणस्तर ख्याल गर्न पनि उहाँले आग्रह गर्नुभयो । व्यक्ति विशेषले सञ्चालन गरेको जारको पानी शुद्धीकरण बिना नै उपभोक्तासम्म पुग्ने गरेकाले पनि ख्यान गर्नुपर्ने उहाँको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook