Total Hits: 0

आईपीएल : राजस्थान बाहिरियो, कोलकाता क्वालिफायर्समा

  • Posted: Thursday, May 24, 2018 07:03 AM ( 3 years ago )

जेठ १० – इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार राति भएको इलिमिनेटर राउण्डमा पराजित भएपछि राजस्थान रोयल्स प्रतियोगिताबाट बाहिरिएको छ । राजस्थानलाई २५ रनले हराएको कोलकाता क्वालिफायर्समा पुगेको छ ।

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६९ रन बनायो । उसका लागि कप्तान दिनेश कार्कीकले ५२ तथा आन्द्रे रसेलले ४९ रन बनाए । यस्तै शुंभम गिलले २८ र क्रिस लेयनले १८ रनको योगदान गरे ।

जवाफमा राजस्थानले २० ओभरमा चार विकेट गुमाउँदा मात्र एक सय ४४ रनमा रोकियो । एक सय नौ रन बनाउदासम्म मात्र दुई विकेट गुमाएको राजस्थानले अन्तिम समयमा रन बटुल्न सकेन । उसका लागि सञ्जु सामसनले ५० तथा कप्तान अजिन्क्या राहानेले ४६ रनको योगदान गरे । यस्तै राहुल त्रिपाठीले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेन ।

अब फाइनल प्रवेशका लागि कोलकाताले हैदरावादसँग खेल्नेछ । हैदरावाद पहिलो क्वालिफायर्समा चेन्नेईसँग पराजित भएको थियो । यो सिजनको आईपिएलमा चेन्नेई फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook