Total Hits: 0

​के भयो ‘गोरे’को पहिलो दिनको पाँच घण्टे बयानमा ?

  • Posted: Wednesday, May 23, 2018 20:08 PM ( 4 years ago )

मोरङ, जेठ ९ – मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीको बुधबारको बयान सकिएको छ ।

जिल्ला अदालतले ‘गोरे’को बयान बिहान पौने ११ बजेदेखि सुरु गरेको थियो । पौने ११ बजेदेखि सुरु भएको बयान दिउँसो २ बजे १ घण्टाको लागि खाजा समय बाहेक ५ बजेसम्म नै जारी रह्यो ।

गोरेको बयान सुरु भए लगत्तैबाट प्रहरीले इजलाशमा बाहिरी मान्छेलाई प्रवेशमा रोक लगाएको थियो । सम्बन्धित मुद्दाका वकिल एकजना कर्मचारी तथा न्यायाधीश बाहेकलाई इजलाशमा कसैलाई छिर्न दिइएको थिएन । तर नियमित तालिका अनुसार निकालिएका मुद्दाका पेशीहरुमा भने बहस भई नै रहेका थिए । 

साँढे पाँच घण्टासम्मको बयानमा गोरेले आफ्नो सुरक्षाको माग गरेका छन् । गोरेले प्रहरी हिरासतमा मानव अधिकार निगरानीको माग गरेका छन्  । प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा मानव अधिकार निगरानीको माग गर्दै निवेदन दिएका हुन् ।

उनले यसअघिका घटनामा पनि केही व्यक्तिको हिरासतमा नै ज्यान गएकाले आफ्नो सुरक्षाको कारण देखाउँदै मानव अधिकारकर्मीको निगरानीको माग गर्दै निवेदन दर्ता गराएको उनका वकिल यमबहादुर मगरले बताउनुभयो । मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिरासतमा निगरानीको व्यवस्था मिलाउन माग गर्दै गोरेका तर्फका वकिल मगर स्वंयमले अदालतमा निवेदन दर्ता गराएका थिए ।

अदालत स्रोतका अनुसार ‘उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि क्रमबद्ध रुपमा सोधपुछ भएको छ । उनले सिन्धुली पुग्दासम्मको विवरण बताएका छन् । उनको बयान बिहीबार पनि जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook