Total Hits: 0

आफ्नो वडाका युवालाई स्वरोजगार बनाउन नीति बनाउने प्रतिबद्धता

  • Posted: Wednesday, May 23, 2018 19:59 PM ( 4 years ago )

रामकुमार थापा/धादिङ । 

जेठ ९ – धादिङको निलकण्ठ नगरपालीका र ज्वालामुखी गाउँपालिकाका प्रतिनिधिले आफ्नो वडाका युवालाई स्वरोजगार बनाउन आवश्यक पर्ने नीति बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

वडा स्तरमा छनौट भएका निर्वाचित वडा सदस्यहरुबाट सम्पर्क व्यक्ति चयन गर्न भएको कार्यक्रममा जनप्रतिनिधिले युवालाई स्वरोजगार बनाउन गर्नुपर्ने पहल गर्ने बताएका हुन् । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई पनि सूचना, सीप, न्याय र मनोसामाजिक परामर्शका लागि सहयोग गर्ने बताए । 

यस्तै वैदेशिक रोजगारीका  कारण सिर्जना समस्या समाधानका लागि उद्धार तथा राहत कोष व्यवस्था र सूचना तथा परामर्श केन्द्र स्थापना गर्न पालिका स्तरमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र सुरक्षित आप्रवासन सामि परियोजनाको आर्थिक सहयोगमा भएको कार्यक्रममा २५ जना वडा सदस्यको सहभागीता रहेको थियो । 

कार्यक्रममा जिल्ला परियोजना संयोजक कमलबहादुर रोकायले बैदेशिक रोजगारको वर्तमान अवस्था र चुनौतीको बारेमा सहभागीहरुलाई जानकारी  गराउनुभएको थियो । सिड्समा सामी परियोजनाका संयोजक गँगा सुवेदीले जिल्लामा सन्चालित सुरक्षित आप्रवासन परियोजनाले गरेको काम र स्थानीय निकायसँगको साझेदारीमा गरिएको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । 

सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले वैदेशीक रोजगारमा देखीएको समस्या, न्युनीकरणको लागी स्थानीय तहले खेल्नुपर्ने भूमिका र युवाहरुको सुरक्षाको लागी आवश्यक नीति नियमको बारेमा जानकारी गराएको  कार्यक्रममा कार्यक्रम अधिकृत दिलबहादुर रम्तेलले वैदेशिक रोजगारको कारण सिर्जना भएका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook