Total Hits: 4.9 K

​शाहरुखको फिल्ममा यी सुपरस्टार अभिनेत्रीले काम गर्न मानेनन्

  • Posted: Wednesday, May 23, 2018 16:50 PM ( 3 years ago )

जेठ ९ – लामो समयपछि फिल्म ‘वीरे दी वेडिङ्ग’ मार्फत कमब्याक गरिरहेकी अभिनेत्री करिना कपूरलाई अभिनेता शाहरुख खानको फिल्म ‘सेल्यूट’ मा अफर गरिएको खबर आएको छ ।

यो फिल्म भारतका अन्तरीक्ष यात्री राकेश शर्माको बायोपिक हो । यसअघि यस फिल्मका लागि अभिनेत्री प्रियंका चोपडालाई पनि अफर गरिएको थियो । तर प्रियंकाले यो फिल्ममा काम गर्ने अफरलाई स्वीकार गरिनन् । उनी कल्पना चावलाको बायोपिक गरिरहेकी छिन् ।

प्रियंकाले यस फिल्ममा काम गर्न नमानेपछि करिना कपूरलाई अफर गरिएको छ  । तर करिना कपूर पनि यस फिल्ममा काम गर्ने मनसायमा छैनन् । करिनाले हालै एक कार्यक्रममा आफूले केही फरक धारका फिल्म गर्ने र त्यसका लागि ठूला ब्यानरका प्रोडक्शन कम्पनीलाई समेत नाइ भन्नसक्ने बताएकी थिइन् ।  । 

त्यस्तै, यस फिल्मका लागि दीपिका पादुकोण र ऐश्वर्या रायलाई पनि प्रस्ताव गरिएको छ । यसअघि दीपिका र ऐश्वर्या दुवै अभिनेत्रीसँग शाहरुखको जोडीले दर्शकको मन जितिसकेको छ । अब ठूलो बजेटमा निर्माण भइरहेको यस फिल्ममा शाहरुखको जोडीमा कुन अभिनेत्री हुनेछिन्, त्यो हेर्न बाँकी नै छ । 

यस फिल्मका लागि शाहरुख खानभन्दा पहिले अभिनेता आमिर खानलाई प्रस्ताव गरिएको थियो । आमिरले काम गर्न इच्छा पनि राखेका थिए, तर उनको अर्को फिल्मको कामका कारण यस फिल्ममा काम गर्न सकेनन् । यस कुराले राकेश शर्मा निराश थिए ।

राकेश आफ्नाे बायोपिक आमिरले नै गरुन् भन्ने चाहन्थे ।  त्यो फिल्म छोडेपछि आमिरलाई आफूबाहेक यो फिल्मका लागि शाहरुख मात्रै न्याय गर्नसक्ने लागेपछि शाहरुखलाई अनुरोध गरेका थिए । 

शाहरुखले आमिरको प्रस्ताव स्वीकार गरे 

आमिरले शाहरुखलाई फोन गर्दै भनेका थिए, ‘म यो फिल्म छोडिरहेको छु । यदि यस फिल्ममा तपाईले काम गर्नुभएमा मलाई राम्रो लाग्नेछ ।’ आमिरको अनुरोधपछि शाहरुखले उक्त फिल्मको स्क्रिप्ट पढेका थिए ।

शाहरुख खानले स्क्रिप्ट मन पराए र फिल्ममा काम गर्न राजी भएपछि फिल्म यूनिट खुशी भएका छन । 

प्रियंका चोपडाको निर्णय परिवर्तन

फिल्मका लागि अभिनेता आमिरले काम गर्ने कुरा रहँदासम्म प्रियंका पनि काम गर्न राजी भएकी थिइन् । तर यस फिल्ममा शाहरुखले काम गर्ने पक्का भएपछि प्रियंकाले आफ्नो निर्णय परिवर्तन गरिन् । प्रियंकाले शाहरुखका साथ काम नगर्नुको कारण गौरी खान हुन् ।

गौरीकै कारण प्रियंका र शाहरुख एकसाथ एउटै फिल्ममा काम गर्दैनन् । यस विषयमा केही समय अगाडि आएका खबर अनुसार शाहरुख र प्रियंका एक अर्कासँग नजिक भएको कुरा शाहरुखकी श्रीमती गौरी खानलाई सह्य भएन । गौरीले शाहरुखलाई प्रियंकासँग कुनै पनि फिल्ममा काम गर्न रोक लगाइदिइन् । 

हाल शाहरुख खान अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफका साथ फिल्म ‘जिरो’ को छायाँकंनमा व्यस्त छन् । यो फिल्म प्रदर्शन भएलगत्तै शाहरुखले फिल्म ‘सेल्यूट’ को काम सुरु गर्नेछन । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook