Total Hits: 0

​प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : लालबाबुसँग साइकल, ज्ञवालीसँग २५ सय पुस्तक

  • Posted: Wednesday, May 23, 2018 16:31 PM ( 4 years ago )

काठमाडौं, जेठ ९ – प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री सहित १८ मन्त्री र ४ राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकी धर्मपत्नी राधिका शाक्यका नाममा भक्तपुरमा २ र झापामा एउटा घर छ । बैंक खातामा ४२ लाख रुपैयाँ छ । उहाँसँग १८ तोला सुनका गहना पनि छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलसँग टोखामा श्रीमतीको नाममा घर र झापामा १२ कट्ठा जग्गा छ । बैंकमा ७ लाख रुपैयाँ छ । अर्थमन्त्री युवराज खतिवडासँग काठमाडौं, भक्तपुर, झापा र दोलखामा जग्गा, एउटा कार र १० तोला सुन छ । उहाँको बैंकमा एक करोड भन्दा धेरै रुपैयाँ पनि छ ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग  बैंकमा ३ लाख रुपैयाँ र ६ तोला सुन छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग काठमाडौंको शंखमुलमा श्रीमतीको नाममा घर र दुई तोला सुन छ । आफूसँग झण्डै २५ सय पुस्तक रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

उर्जामन्त्री वर्षमान पुनसँग रोल्पामा एउटा घर, २५ तोला सुन तथा बैंकमा साढे तीनलाख रुपैयाँ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र बैंकमा ३ लाख ६७ हजार रुपैयाँ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिरहा र धनुषामा गरी दुईवटा घर, धनुषा र ललितपुरमा जग्गा र १६ तोला सुन छ । भौतिक पूर्वधार तथा यातायात मन्त्री  रघुवीर महासेठको धनुषा र ललितपुरमा श्रीमतीका नाममा घर, सिन्धुली, ललितपुर र धनुषामा जग्गा तथा बैंकमा ७२ लाख रुपैयाँ छ । उहाँसँग ५२ तोला सुन पनि छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टसँग  काठमाडौं र गुल्मीमा गरी दुईवटा घर र ७ तोला सुन छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग जाजरकोटमा एउटा घर र १५ लाख रुपैयाँ छ ।

खानेपानी मन्त्री बीना मगरसँग चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा  तीन कठ्ठा जग्गा र ५ तोला सुन छ । कृषि भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग कपिलवस्तु रूपन्देहीमा १५ कठ्ठा जग्गा र ६ तोला सुन छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका कास्की र काठमाडौंमा गरी तीन वटा घर, कास्कीमा जग्गा, ६० तोला सुन र बैंकमा २४ लाख ५७ हजार रूपैयाँ छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग  विराटनगरमा घर तथा सर्लाहीमा जग्गा छ । आफूसँग पुरानो एउटा साइकल पनि भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासँग म्याग्दीमा जग्गा, एक तोला सुन र बैंकमा १५ हजार रुपैयाँ छ ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook