Total Hits: 0

पीएसजीका पूर्व प्रशिक्षक अार्सनलमा

  • Posted: Wednesday, May 23, 2018 15:42 PM ( 3 years ago )

जेठ ९ – इंग्लिस क्लब आर्सनलले प्रशिक्षक आर्सने विङगरको स्थानमा पेरीस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक उनाई एमेरीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

यो सिजनको अन्त्यसँग वेङगरले क्लबबाट बिदा लिएपछि उनको स्थानमा आउने चर्चा भएका धेरै प्रशिक्षकहरुलाई पछि पार्दै उनाईलाई आर्सनलले अनुबन्ध गरेको हो ।

आर्सनलमा अनुबन्ध भएपछि एमेरीले भने, ‘क्लबले दिएको जिम्मेवारी म निकै उत्साही छु, आर्सनलमा नयाँ इतिहासको पाना थप्नका लागि मेरो भूमिका पनि महत्वपूर्ण छ भन्ने बुझेको छु ।’

आर्सनलले उनाई र म्यान्चेष्टर सिटीका सहायक प्रशिक्षक तथा पूर्व कप्तान मिकेल अटेटालाईलाई अन्तिम सूचीमा राखेको थियो ।

४६ वर्षका स्पेनीस प्रशिक्षक एमेरीले पिएसजीमा हुँदा एक पटक लिग कप र चार वटा घरेलु प्रतियोगिताको उपाधी क्लबलाई दिलाएका थिए । पिएसजी छोडेपछि उनले अरु क्लब जानका लागि इच्छुक भएको बताएका थिए ।

यसअघि उनको प्रशिक्षमा स्पेनिस क्लब सेभियाले २०१३ देखि १६ सम्म युरापा लिगमा सफल प्रदर्शन गराएका थिए । सन् २००५ देखि म्यानेजरको करियर सुरु गरेका एमेरीले पिएसजीमा दुई वर्ष बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook