Total Hits: 0

​सरकारले नागरिकको अपेक्षा पूरा गर्छ : प्रम ओली

  • Posted: Wednesday, May 23, 2018 15:10 PM ( 4 years ago )

काठमाडौं, जेठ ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित ‘वल्र्ड फेडेरेशन अफ डेमेक्रेटिक यूथ’ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । कार्यक्रममा उहाँले सरकारले नागरिकको अपेक्षालाई पूरा गर्न ‘सुखी नेपाली, समृद्ध नेपाल’ को मूल नारा बनाएर सरकारअघि बढेको पनि स्पष्ट पार्नुभयो ।

युवाहरुको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले ५ वर्षभित्र मुलुकलाई विकासोन्मुख राष्ट्र बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको दावी समेत गर्नुभयो । उहाँले नागरिकको चाहनालाई पूरा गर्न दुई ठूला कम्युनिष्ट पार्टीहरु एकतावद्ध भई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु परेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्र निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न युवाहरुलाई पनि आह्वान गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook