Total Hits: 0

सिम्रुतुमा दुई सय किलोवाट विद्युत उत्पादन हुने

  • Posted: Wednesday, May 23, 2018 14:39 PM ( 3 years ago )

रुकुम पश्चिम, जेठ ९ – त्रिवेणी गाउँपालिकामा झण्डै आठ करोडको लागतमा दुई सय किलोबाट विद्युत उत्पादन हुँदैछ ।

त्रिवेणी वडा नम्बर–२, सिम्रुतुमा विद्युत उत्पादन हुन लागेको हो । रुकुम उज्यालो कार्यक्रम अन्तरगत सिम्रुतुखोला जलविद्युत सहकारी संस्थाले विद्युत उत्पादन गर्न थालेको हो । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पाँच करोड, स्थानीयको दुई करोड र सिभिल बैंकको एक करोड ऋण गरी आठ करोडमा विद्युत उत्पादन हुन लागेको बताइएको छ ।

यतिबेला आयोजना निर्माणको काम धमाधम अगाडि बढिरहेको छ । आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भएको सहकारी संस्थाले जनाएको छ । अहिलेसम्म नहर निर्माणको काम ९० प्रतिशत सकिएको छ भने एक सय ५० बढीपोल, पेनिस्टिक पाइप र अन्य मेशेनरी सामाग्रीहरु आइपुगेका छन् ।

यस आयोजना निर्माणको जिम्मा गौरा कन्ट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् । डेढ वर्षमा आयोजना निर्माणको काम सम्पन्न गर्ने गरी २०७३ साल माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार असार मसान्तसम्म आयोजनाको काम सक्नुपर्ने छ । 

विद्युत आयोजना निर्माणमा यहाँका स्थानीयले ठूलो लगानी गरेका छन् । श्रमदान वाफत एक हजार ७६ घरधुरीले दुई करोड लगानी गरेका हुन् । प्रतिपरिवारले १५ हजारदेखि ३० हजारसम्म रकम उठाएको सहकारी संस्थाका अध्यक्ष लक्ष्मण ओलीले बताउनुभयो ।

उहाँका अनुसार आयोजना स्थलका नागरिकहरुले केही कम रकम उठाएका छन् भने अन्य ठाउँका नागरिकहरुले ३० हजारसम्म रकम संकलन गरेका छन् । एक हजार ७६ घरधुरीले आयोजनालाई दिएको रकमलाई शेयर वाफतको रकम मानिएको छ । 

यस आयोजनाको निर्माण सम्पन्न भएमा यहाँका २२ सय घरधुरी झिलिमिलि हुने छन् । त्रिवेणी गाउँपालिकाका वडा नम्बर १, २, ५, ६ र ७ तथा मुसीकोट नगरपालिकाका ११ र १२ का नागरिक यस आयोजनाबाट लाभान्वित हुने सिम्रुतुखोला सहकारी संस्थाले जनाएको छ ।

यस आयोजनाको निर्माण सम्पन्न भएमा वर्षौदेखि अँध्यारो मुनि बस्न बाध्य यहाँका नागरिकहरुले बिजुली बाल्न पाउने छन् । सोही ठाउँ हुँदै केन्द्रीय प्रशारण लाइन सदरमुकाम मुसीकोट आए पनि उनीहरुले बत्ति भने बाल्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook