Total Hits: 0

​नेपालीलाई राष्ट्रवादको पाठ पढाउनु जरुरी छैन : देउवा

  • Posted: Wednesday, May 23, 2018 12:14 PM ( 4 years ago )

काठमाडौं, जेठ ९ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गफ भन्दा पनि काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै उहाँले हावादारी कुरा गरेर नागरिकलाई नझुक्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नीति कार्यक्रममा रेल मार्ग, जल मार्ग, विद्युतलगायतका विकासका कुरामा आधारहीन प्रचार गर्न खोजिएको उहाँले आरोप लगाउनुभयो ।  

अबको पाँच वर्षमा नेपाली युवालाई विदेश जान नपर्ने गरी रोजगारको व्यवस्था गर्नु अहिलेकै अवस्थामा चुनौतीपूर्ण रहेको देउवाले बताउनुभयो । उहाँले विदेशी लगानी भित्र्याउन र विकासका कामलाई अगाडि बढाउने सवालमा अहिलेसम्म सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गर्नुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले नेपालीहरुलाई कसैले राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको बताउनुभयो । ‘नेपाली जनताहरु सबै राष्ट्रवादी छन् । चाहे पहाडका हुन्, हिमालका हुन् वा मधेसका हुन् । सबै राष्ट्रवादी छन् । सबैमा राष्ट्र भाव छ । कसैले  राष्ट्रवादको पाठ पढाइरहनुपर्ने जरुरी छैन ।’      

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook